Cricket Himalaya
Cricket News From Top of The World

इन्डो-नेपाल मैत्रीपुर्ण क्रिकेट, दोधारा चादनी अन्तर्गत ‘डिसिसिए’ सिरिज बिजेता

कार्तिक ५, रमेस साउद/कंचनपुर

दोधारा-चादनी क्रिकेट एकेडमी (DCCA) को आयोजनामा डिसिसिए मैदान, दोधारा चादनीमा संचालित ‘इन्डो नेपाल मैत्रीपुर्ण सिरिज’ अन्तर्गत भ्रमणकारी आइपिसिए मुम्बइलाई आयोजक डिसिसिएले लगातार पराजित गर्दै सिरिज २-० ले जितेको छ |

पहिलो खेलमा सुरुमा ब्याटिङ गरेको डिसिसिएले २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो | किरन ठगुन्ना ६०, बिकास सुनार ४५, आकाश बहेकले १५ रन बनाएका थिए | आरपिसिए मुम्बईका लागि दिपक काले ३, रोहन २, मयुरेसले २ बिकेट लिएका थिए |

लक्ष पछ्याएको आरपिसीएले २० ओभरमा ६ विकेट गुमाउँदै १४३ रनमा मात्र बनाएपछी १६ रनले पराजित रह्यो | आयुस ३०, अनिमेस २८, रोहनले २२ रन बनाएका थिए | डिसिसिएका लागी प्रकाश साउँद २, अर्जुन साउद १, सुन्दर कोलिले १ विकेट लिएका थिए |

डिसिसिएका किरन ठगुन्ना प्लेयर अफ द म्याच घोसित भएका थिए |

दोस्रो खेलमा आरपिसीएले सुरुमा ब्याटिङ गर्दै १८ ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो | मयुरेस ४६, अनिमेस २७, शैलेसले १४ रन बनाएका थिए | डिसिसिएका लागि कैलास साउँद ३, सागर चन्द, करन खत्री , गणेश बिटालु र निस्चल सिंहले समान १/१ बिकेट लिएका थिए |

लक्ष पछ्याएको डिसिसीएले १६.५ ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनाएपछी ४ विकेटको जित हात पार्यो | सागर चन्द ५५*, किरन ठगुन्ना २३, गणेश बिटालुले १७ रन बनाएका थिए | आरपिसिएका लागि महेश र रोहनले समान २/२, दिपक र जुबेरले समान १/१ विकेट लिएका थिए |

डिसिसिएका सागर चन्द प्लेयर अफ द सिरिज घोसित भएका थिए |

समापन कार्यक्रममा डिसिसिएका अध्यक्ष रमेस सिंह साउद सभापति रहेका थिए भने प्रमुख अतिथी महाकाली नगरपालिकाका मेयर वीर बहादुर सुनार रहेका थिए | त्यसैगरी विशिष्ट अतिथिमा उपमेयर चिनी गिरि ओझा सङ्गै महाकाली खेलकुद समितिका अध्यक्ष लोक बहादुर चन्द रहेका थिए |