Cricket Himalaya
Cricket News From Top of The World

‘मिलन-प्याट्रीयोटिक सिरिज’ मा मिलन क्रिकेट एकेडमिको १-० को अग्रता

कार्तिक ५, क्रिकेट हिमालय

मिलन क्रिकेट एकेडमी र प्याट्रीयोटिक क्रिकेट ट्रेनिङ सेन्टरको सम्युक्त आयोजनामा कार्तिक ५ देखी संचालित ‘मिलन-प्याट्रीयोटिक क्रिकेट सिरिज’ अन्तर्गत पहिलो खेल मिलन क्रिकेट एकेडमीले जित्दै सिरिजमा १-० को अग्रता लिएको छ |

टस जितेर सुरुमा ब्याटिङ गरेको प्याट्रीयोटिकले ३२.१ ओभरमा अल आउट हुँदै ११३ रन बनाएको थियो | निखिल उप्रेतिले २८ बलमा २४, निर्मल ढकालले ५५ बलमा २१ रन, आदर्श खतिवडाले २८ बलमा २१ रन बनाएका थिए | मिलनका लागि किस्मत पौडेलले ७ ओभरमा १५ रन दिएर ४ विकेट लिएका थिए |

लक्ष पछ्याएको मिलनले २२.१ ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएपछी ५ विकेटको जित हात पार्यो | जयदेब राजबन्शिले २२ बलमा २७, अबिसेख श्रेष्ठले ३९ बलमा २६ रन बनाएका थिए | प्याट्रीयोटिकले ६ ओभरमा २१ रन दिएर २ विकेट लिएका थिए |

दोश्रो खेल कार्तिक ६ गते आदिबासी रङ्गसालामा हुनेछ |

प्रतियोगिताका खेलहरु ४०/४० ओभरको हुनेछन | सिरिज होम, अवे र न्युट्रल भेन्यु बेसमा ३ वटा खेलहरु हुने छन | प्रतियोगिताको बिजेताले ट्रफी प्राप्त गर्नेछ, अर्को सिरिजमा समेत सोही प्रक्रिया अपनाइने आयोजकले जनाएको छ |

पहिलो खेल : कार्तिक ५ ( मिलनको होम ग्राउन्ड तुर्केनी खेल मैदान)

दोश्रो खेल : कार्तिक ६ (प्याट्रीयोटिकको होम ग्राउन्ड आदिबासी रङ्गसाला)

तेश्रो खेल : मिति र स्थान सार्बजनिक हुन बाकी