Cricket Himalaya
Cricket News From Top of The World

बिराटनगर क्रिकेट क्लबद्वारा आयोजित ‘मैत्रीपुर्ण क्रिकेट सिरिज’ सम्पन्न

कार्तिक ५, क्रिकेट हिमालय

बिराटनगर क्रीकेट क्लब एन्ड एकेडेमी र वान डे क्रीकेट सेन्टर, काठमन्डौ बिचको दुइ पक्षिय प्रथम सिरिज सम्पन्न भएको छ |

बिराटनगर क्रीकेट क्लब एन्ड एकेडेमीको आयोजनामा असोज २८ देखी कार्तिक ५ सम्म दुइ क्लब बिच दुइ पक्षिय प्रथम सिरिजमा ३ वटा एक
दिवसिय, एउटा दुइ दिने टेस्ट म्याच र २ वटा टि २० आयोजना गरीएको थियो ।

बिजेता तथा उप टिम लाई कप, मेडल तथा सर्टीफिकेट प्रदान गरिएको थियो।

प्रतियोगितामा बिराटनगर क्रीकेट क्लब एन्ड
एकेडेमीले३ वटा एक दिवसिय र २ वटा टि२० जित्न सफल भएको थियो भने वान डे क्रीकेट सेन्टर टेस्ट म्याच जित्न सफल रहेको थियो |

प्रतियोगितामा ग्रीन टाइर प्रा लिको ग्राउन्ड, कटहरीमा आयोजना भएको थियो।

प्रतियोगितामा बेस्ट ब्याट्स्म्यान वान डे क्रीकेट सेन्टर, काठमन्डौका आदित सुबेदि, बेस्ट बलर र म्यान अफ द सिरिज वान डे क्रीकेट सेन्टर, काठमन्डौका सुरज भगत त्यसैगरी इमरजिङ खेलाडी वान डे क्रीकेट सेन्टर, काठमन्डौका पृसियस थापा भए ।

दुइ पक्षिय सिरिज आयोजना गर्नलाई आनन्द ज्योती युवा क्लब कटहरी र कोशी मल्टिपल क्याम्पस, बिराटनगरले सहयोग गरेको कुरा बिराटनगर क्रीकेट क्लब एन्ड एकेडेमीका अध्यक्ष अशिस श्रेष्ठले
जनाएका छन |