Cricket Himalaya
Cricket News From Top of The World

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-६ को मुख्य प्रायोजक

कार्तिक ५, क्रिकेट हिमालय

माछापुच्छ्रे बैंक लि. को मुख्य प्रायोजनमा Corporate Super Sixes “Season- 6” को आयोजना हुने भएको छ।

काठमाण्डौमा मिति २०७६/०७/०५ गते आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रेबैंक लि. र
एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीवीच प्रतियोगिताको मुख्य प्रायोजकमाछापुच्छ्रे बैंक लि. रहने गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मा तथा एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीको तर्फबाट प्रमुख
कार्यकारी अधिकृत श्री रमन शिवाकोटी ज्यूले हस्ताक्षर गर्नुभयो । सम्झौता पश्चात प्रतियोगिताको नाम नाम ‘माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस’ रहनेछ ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे बैंक लि. का प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मा ज्यू

अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउदै बैंकले कर्पोरेटक्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको हो |

प्रमुख कार्यकारी अधिकृत शर्माले यो वर्षको माछापुच्छ्रे बैंक Corporate Super Sixes “Season- 6” कर्पोरेट क्षेत्रको मात्र नभएर मात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रुपमा मनाउने तयारी रहेको बताउनुभयो ।