Cricket Himalaya
Cricket News From Top of The World

युनाइटेड क्रिकेट क्लब ‘महागढिमाइ कप’ को बिजेता, हसिम अन्सारी उत्कृष्ट

कार्तिक ४, क्रिकेट हिमालय

लेट्स प्ले स्पोर्टसको आयोजना तथा शोबिज स्पोर्ट्सको व्यवस्थापनमा महागढिमाई नगरपालिकास्थित क्रिकेट स्टेडियम, बारामा सम्पन्न ‘महागढिमाई कप टि–२० क्रिकेट प्रतियोगिता’ मा महाबिर क्लब, हेटौडालाइ ९३ रनले पराजित गर्दै युनाइटेड क्रिकेट क्लबले उपाधी जितेको छ |

फाइनल खेलमा सुरुमा ब्याटिङ गरेको युनाइटेडले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो | उसका लागि सन्तोस कार्किले ४१ बलमा ५७, हसिम अन्सारिले ४६ बलमा ६० रन बनाएका थिए | महाबिरका लागि निखिल श्रेष्ठले ३, रामनरेस गिरि र टि सिम्खडाले समान २/२ विकेट लिएका थिए |

विशाल लक्ष पछ्याएको महाबिर २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रनमा सिमित भएपछी ९३ रनले पराजित रह्यो | राम नरेस गिरिले २८, तक्षक सिम्खडा र विशाल फुयालले समान १८/१८, सन्तोस उपाध्यायले २४* रन बनाएका थिए | युनाइटेडका लागि अबिनास कर्णले ३, बाबुजान अन्सारिले २, सैदुल्लाह अन्सारी र नरुद्धिन अन्सारिले समान १/१ विकेट लिएका थिए |

फाइनल खेलको प्लेयर अफ द म्याच हसिम अन्सारी घोसित भएका थिए |

प्रतियोगिताको बेस्ट बलर रसिद खान, म्यान अफ द सिरिज पनि रसिद खान घोसित भएका थिए |

६ टिम सहभागी प्रतियोगिताको विजेताले दूई लाख तथा उपविजेताले एकलाख सहित ट्रफि प्राप्त गरेका थिए |