Cricket Himalaya
Cricket News From Top of The World

टिपिएल ३ ; बुटवल युनाइटेड फराकिलो जित दर्ता, अमीत तामाङ उत्कृष्ट

क्रीकेट हिमालय,रुपन्देही, कार्तिक ४

रुपन्देहीमा जारी तिलोत्तमा प्रीमिएर लिग टिपिएल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बुटवल युनाइटेड क्रीकेट क्लबले सान्दार जित निकालेको छ । आज भएको दशौ दिनको पहिलो खेल अन्तर्गत रुपन्देही पल्ट्न लाई १० विकेट ले हराउदै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो । टस जिती पहिला ब्याटिङ गरेको रुपन्देही पल्टनले ११.३ ओभरमा सबै विकेट गुमाउदै १९ रनमा समेटिएको थियो । यो स्कोर टिपिएल इतिहासकै सबैभन्दा कम स्कोर बनेको छ । रुपन्देही पल्टनका कुनै पनि ब्याट्म्यानले दोहोरो अन्क बनाउन सकेनन । रुपन्देही पल्टन को पारी ध्वस्त बनाउने क्रममा बुटवल युनाइटेडको लागि अमीत तामाङ ले ४ ओभर १ मेडेन राख्दै १० रन खर्चंदै महत्त्वपूर्ण ५ विकेट लिए । एस्तै राहुल प्रजापतिले २ तथा मौसब ढकाल , भिम सार्कि र सुसान भारिले समान १/१ विकेट लिए । मात्रै १९ रनको झिनो बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको बुटवल ले २ ओभरमै लक्ष्य पूरा गर्यो । बुटवल को लागि कुसल मल्ल १० र मिर्नाल गुरुङ ११ रनमा अबिजित रहे । खेलको प्लयेर्स अफ दि म्याच बुटवल युनाइटेड अमीत तामाङ घोषित भए

प्रतियोगिताको पुरस्कार राशी तर्फ बिजेताले ४ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र , उपबिजेताले २ लाख नगद ट्रफी मेडल र अप्रमाणपत्र प्राप्त गर्नेछन ,साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्लयेर्स अफ दि सिरिजले २० नगद र सिल्ड , बेस्ट ब्यास्ट्म्यान र बलर समान १० हजार नगद र सिल्ड , इमर्जिङ प्लयेर्सले ५ हजार नगद र सिल्ड एस्तै प्रत्येक खेलको मुल्यवान खेलाडीले नगद १ हजार , प्रत्येक खेलमा हाल्फ सेन्चुरी हान्ने खेलाडीले नगद १ हजार , टिम फेयर प्ले अवार्ड ४० हजार तथा हरेक खेलको म्यान अफ दि म्याचले १५ सय प्राप्त गर्नेछन । प्रतियोगिता कुल अनुमानित खर्च २५ लाख हुने आयोजक ले जनाएको छ । तिलोत्तमा प्रिमियर लिगका सबै खेलहरु तिलोत्तमा -६ स्थित नवजीवन खेल मैदान १० नम्बरमा भैरहेको छ ।

पहिलो सिजनको तिलोत्तमा प्रिमियर लिगको बिजेताले २ लाख र उपबिजेताले १ लाख तथा दोस्रो सिजनको बिजेताले ३ लाख र उपबिजेताले १.५ लाख नगद प्राप्त गरेका थिए ।पहिलो सिजनको उपाधी SR NSCA टाइगर्सले तथा दोस्रो सिजनको उपाधी लुम्बिनी कसाई ग्लाडिएटर्सले जितेको थियो ।