Cricket Himalaya
Cricket News From Top of The World

इन्डो-नेपाल सिरिज, कंचनपुर : एकदिवसीय तर्फ केडिसिए सिरिज बिजेता

कार्तिक ३, रमेस साउद/कंचनपुर

कंचनपुर जिल्ला क्रिकेट संघको आयोजनामा कभर्डहल ग्राउन्ड, महेन्द्रनगरमा असोज ३० देखि संचालित ‘इन्डो नेपाल मैत्रीपुर्ण सिरिज’ अन्तर्गत भ्रमणकारी आइपिसिए मुम्बइ र केडिसिए टि२० तर्फ सम्युक्त बिजेता भएका छन |

मैत्रीपुर्ण सिरिज अन्तर्गतको ३ एकदिवसीय खेलको सिरिज केडिसिएले जित्न सफल भयो भने, २ टि२० खेलको सिरिजमा आरपिसिए र केडिसिए सम्युक्त बिजेता भएका छन |

पहिलो टि२० खेल : आरपीसिए बिजयी

सुरुमा ब्याटिङ गर्दै केडिसिएले २० ओभरमा ६ विकेट गुमाउँदै १२४ रन बनाएको थियो | किरण ठगुन्नाले ५३, सुरज ठगुन्नाले २७, सम्राट साहले २२ रन बनाएका थिए | आरपिसिएका लागि रोहन र सैलेसले २/२, दिपक र मयुरेसले १/१ विकेट लिएका थिए |

लक्ष पछ्याएको आरपिसिएले १९ ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएपछी ५ विकेटको जित हात पार्यो | मयुरेश ६९, आयुस ३१, अनिमेश १२* रन बनाएका थिए | सुरज ठगुन्ना र निराजनले समान २/२ विकेट, आदित्य र आशिषले समान १/१ विकेट लिएका थिए |

आरपिसिएका मयुरेश प्लेयर अफ द म्याच भएका थिए |

दोस्रो टि२० खेल : केडिसिए बिजयी

आरपिसिएले सुरुमा ब्याटिङ गर्दै १८ ओभरमा अल आउट हुँदै ११६ रन बनाएको थियो | महेस २३, मयुरेस १६, जुबेर १७ रन बनाएका थिए | केडिसिएका लागि आदित्य, निराजन र रमेशले समान ३/३, सुरजले १ विकेट लिएका थिए |

लक्ष पछ्याएको केडिसिए १७.१ ओभरमा ६ विकेट गुमाउँदै ११८ रन बनाएपछी ४ विकेटको जित हात पार्यो | हेमन्त धामी २९, किरन ठगुन्ना १६, अशोक १५, रमेश भट्ट १२, राहुल चन्द १० रन बनाएका थिए |

आरपिसिएका लागी मयुरेस र सलमान २/२, जुबेर १ विकेट लिएका थिए |

रमेस भट्ट प्लेयर अफ द म्याच घोसित भएका थिए |