Cricket Himalaya
Cricket News From Top of The World

महाबिर क्लब, हेटौडा ‘महागढिमाइ कप, बिरगन्ज’ को फाइनलमा प्रबेस

कार्तिक २, क्रिकेट हिमालय

विरगंजमा जारी महागढिमाई कप अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा महाबीर क्ल्ब हेटौंडाले बिरगंज युवा च्याम्सलाई ३३ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको हेटौंडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ १३६ रनको योगफल तयार पारेको थियो । हेटौंडाका लागि सन्तोष उपाध्यायले १७ तथा सुबर्ण भट्टले १९ रन बनाए ।
बलिङतर्फ विरगंजको लागि व्यास यादवले ४ ओभरमा ३७ रन खर्चँदै ३ विकेट लिए भने निराजन पटेलको नाममा २ विकेट रह्यो ।

१२७ को लक्ष्य पच्छ्याएको बिरगंजले पूरा २० ओभर खेल्दै सम्पूर्ण १० विकेट गुमाइ मात्र ९३ रन बनाएको थियो । बिरगंज का लागि एलियास मन्सुरीले ४४ बल मा ३५ र सोनु अन्सारीले २१ बल मा १८ रनयो योगदान दिए ।

हेटौंडाका लागि सुबर्ण भट्टले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट, बिपुल खनालले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए ।

खेल को म्यान अफ द म्याच बिपुल खनाल घोषित भए ।

कार्तिक ३ गते दोश्रो सेमिफाइनल नेक्सस क्रीकेट एकेडेमी काठमाडौ र युनाइटेड क्रीकेट क्ल्ब बिरगंज का बिच हुनेछ