Cricket Himalaya
Cricket News From Top of The World

धनगढीमा ‘चौथो निस्ट-लिटल फ्लावर प्रीमियर लिग’ कार्तिक १६ देखि

कार्तिक २, क्रिकेट हिमालय

संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी इकाइ खेल मैदान, धनगढीमा कार्तिक १६-२५ सम्म सन्चालन हुने बिद्यालय स्तरीय चौथो सस्करणको ‘लिटल फ्लावर प्रीमिएर लिग क्रिकेट प्रतियोगिता’ को तयारी तिब्र रुपमा हुँदै गरेको आयोजकले जनाएको छ |

लिग कम नकआउट फर्म्याटमा खेलाइने प्रतियोगितामा कैलालीका ७, कंचनपुरका २ स्कुल र बाके/काठमाडौ/भक्तपुरका १/१ गरि कुल १२ बिद्ध्यालयहरुको सहभागीता रहनेछ |

सहभागी टिमहरु

१. लिटल फ्लावर बोर्डिङ्ग हाइस्कुल, कैलाली
२. हिमालयन व्हाइट हाउस वर्ल्ड स्कुल, काठमाडौ
३. भक्तपुर निस्ट स्कुल, भक्तपुर
४. एबिसी रेसिडेन्सियल इङ्लिस स्कुल, बाके
५. लिटल बुद्ध एकेडमी, कंचनपुर
६. नोबेल एकेडमी, कंचनपुर
७. शारदा बिद्ध्या निकेतन इङ्लिस स्कुल, कैलाली
८. सत्यवती इङ्लिस बोर्डिङ स्कुल, कैलाली
९. सरस्वती सेकेन्डरी स्कुल, कैलाली
१०. सैनिक आवासीय महाबिद्ध्यालय, कैलाली
११. त्रीङर सेकेन्डरी स्कुल, कैलाली
१२. शारदा सेकेन्डरी स्कुल, कैलाली

प्रतियोगिता अन्तर्गत हरेक बिद्ध्यालय टिममा कक्षा १० सम्म पढने खेलाडी १० जना र र बकि खेलाडीको रुपमा नेपाली यु-१९ खेलाडीहरु समेत सहभागी हुने छन |

प्रतियोगिताको बिजेताले नगद २ लाख र ट्रफि साथै उपबिजेताले नगद १ लाख र ट्रफी प्राप्त गर्नेछन । प्लेयर अफ द टुर्नामेन्टले नगद रु १५ हजार प्राप्त गर्नेछ भने बेस्ट बलर, बेस्ट ब्याट्सम्यान र राइजिङ्ग प्लेयरले जनही नगद रु ५ हजार प्राप्त गर्नेछन | त्यसगरी हरेक खेलको म्यान अफ द म्याचले नगद रु १५०० प्राप्त गर्नेछन |

प्रतियोगिता समापन पस्चात उत्कृष्ट प्रर्दर्शन गर्ने कक्षा १० सम्मका खेलाडीहरु छनोट गरि एक दिवसीय निस्ट कलेज लिटल फ्लावर प्रिमियर लिग सञ्चालन गर्ने आयोजकले जनाएको छ |

प्रतियोगिताको लाइभ कमेन्ट्री र स्ट्रीमिङ्ग टिभी टुडे मार्फत हुने आयोजकले जनाएको छ |

प्रतियोगिताको प्रमुख प्रायोजक काठमाडौ स्थित निस्ट कलेज रहेको छ भने हस्पिट्यालिटी पार्टनरमा धनगढी स्थित इमेज होटेल रहेको छ | ग्लोबल रिच, काठमाडौको समेत प्रतियोगितामा स्पोन्सरसिप रहनेछ |