Cricket Himalaya
Cricket News From Top of The World

‘प्रो कर्पोरेट लिग’ कार्तिक ३ देखि, एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने

कार्तिक १, क्रिकेट हिमालय

राइनो स्पोर्ट्सको ब्यवस्थापन एवम भैरहवा क्विन्स प्रालीको आयोजनामा आगामी कार्तिक ३-९ सम्म मुलपानी र टियु क्रिकेट मैदानमा ‘प्रो कर्पोरेट लिग’ सन्चालन हुने भएको छ |

लिग चरणका खेलहरु कार्तिक ३ र ४ गते मुलपानी मैदानमा र सेमिफाइनल सहित फाइनल खेल कार्तिक ९ गते किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ |

पहिलो सिजनको प्रतियोगितामा कुल ५ टिमहरु वर्ल्डलिन्क, नया पत्रीका, क्रिकेट हिमालय, एप्पोन र रिलायबल लाइफ इन्सुरेन्स रहेका छन |

प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडि बाट हुनेछ |

प्रतियोगिताको बिजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने प्लेयर अफ द सिरिजले ट्रफी र प्रमाणपत्र सहित ३२ इन्चको एलइडि टिभी र वर्ल्डलिन्कको १ बर्षको नेट टिभि र ईन्टरनेट कनेक्सन निसुल्क प्राप्त गर्नेछन |

त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट विकेट किपरले ट्रफी र प्रमाणपत्र सहित ६ महिनाको लागि वर्ल्डलिन्कको निसुल्क इन्टरनेट कनेक्सन प्राप्त गर्नेछन |

फाइनल खेल अवलोकन गर्न उपस्थित समर्थकहरुबाट टिकट मार्फत उठाइएको रकम धर्मुस सुन्तली फाउन्डेसन मार्फत निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सहयोगार्थ हस्तान्तरण गरिने जानकारी आयोजकले गराएको छ |