Cricket Himalaya
Cricket News From Top of The World

गुल्मी रानिवासमा क्रीकेट प्रतियोगिता आयोजना हुने

Cricket wickets,ball and bat

क्रीकेट हिमालय , कार्तिक १ , रुरु गुल्मी

सुर्योदय युवा क्लब रुरु ४ गुल्मीको आयोजनामा कार्तिक ७ गतेदेखि स्वर्गीय मिना श्रेष्ठ स्मृति खुल्ला नकआउट क्रीकेट प्रतियोगिता आयोजना हुने भएको छ । टिम दर्ता गर्ने अन्तिम समय सिमा कार्तिक ६ गतेसम्म रहेको प्रतियोगिताका सबै खेल रुरु क्षेत्र गाउँपालिकाको ध्युबेसी खेल मैदान हुने खेलको दर्ता शुल्क ३००० लाग्नेछ । हरेक खेल १२/१२ ओभरको हुनेछन् भने सेमिफाइनल र फाइनल खेल १६/१६ ओभरमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पुरस्कार राशी तर्फ बिजेताले ३० हजार नगद , सिल्ड मेडल र प्रमाणपत्र तथा उपबिजेताले १५ हजार नगद , सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन एस्तै बिधागत रूपमा उत्कृष्ट बेस्ट बलर , बेस्ट ब्याट्म्यान ,म्यान अफ दि सिरिज तथा हरेक खेलको म्यान अफ दि म्याच लाई आकर्षक पुरस्कार रहेको आयोजक ले जनाएको छ । आयोजकको तर्फबाट प्रतियोगिता ब्याबस्थापनमा राजन खड्का र राजकुमार श्रेष्ठ रहेका छन । टिम दर्ताको लागि सम्पर्क ९८५७०८१६०४,९८६७३०८२१९,९८६७९३१३४०,९८४४७५२५५७