Cricket Himalaya
Cricket News From Top of The World

बोस्टन क्रिकेट एकेडमी ‘कचनकवल प्रीमियर लिग, झापा’ को उपाधी बिजेता

असोज ३०, क्रिकेट हिमालय

झापाको कचनकवल गाउँपालीकामा जारी दोस्रो ‘कचनकवल प्रिमियर लिग (KPL)’ क्रिकेट प्रतियोगिताको अन्तर्गत युनाइटेड क्रिकेट एकेडमिलाइ ५ विकेटले पराजित गर्दै उपाधी बुस्टन क्रिकेट एकेडमिले जितेको छ |

टस जितेर सुरुमा ब्याटिङ गरेको युनाइटेडले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो | उसका लागि सुजन थपलियाले ५२ बलमा ८२*, समीर कार्किले १५ बलमा २१ रन बनाएका थिए | बुस्टनका लागि सुसान्त, सनम र बिनितले समान २/२ विकेट लिएका थिए भने हेमराजले १ विकेट लिएका थिए |

लक्ष पछ्याएको बुस्टनले १९.१ ओभरमा ५ विकेट गुमाउँदै १४६ रन बनाएपछी उपाधी जित्न सफल रह्यो | कप्तान बिनित बास्तोलाले ३७, हेमराज १३, अन्कित २३, प्रसान्त महतले ३१* रन बनाएका थिए |

प्रतियोगिताको म्यान अफ द सिरिज विशाल आचार्य घोसित भएका थिए उनले ट्रफी, मेडल सहित स्मार्ट फोन प्राप्त गरेका छन | त्यसैगरी म्यान अफ द फाइनल बिनित बास्तोला, उच्च रनकर्ता समीर कार्की, बेस्ट फिल्डर अन्कित श्रेष्ठ, उच्च विकेट टेकर सुसान्त सिंह घोसित भएका थिए |

आदर्श क्रिकेट क्लब कचनकवल २ को आयोजनामा गत बर्ष बाट सुरु भएको झापाको दक्षिणी क्षेत्रको सर्बाधिक पुरस्कार राशीको प्रयोगिताको यो संस्करणमा ८ वटा टिम सहभागी थिए |

प्रतियोगिताको उपाधी बिजेताले नगद ६० हजार रुपैयाँ, उप विजेताले ३५ हजार रुपैयाँ र मेडल र ट्रफि प्राप्त गरेका छन |