Cricket Himalaya
Cricket News From Top of The World

मैत्रीपुर्ण इन्डो-नेपाल यु१९ सिरिज, कंचनपुर : केडिसिए ए बिजयी

असोज ३०, क्रिकेट हिमालय

कंचनपुर जिल्ला क्रिकेट संघको आयोजनामा कभर्डहल ग्राउन्ड, महेन्द्रनगरमा संचालित ‘इन्डो नेपाल मैत्रीपुर्ण यु१९ एकदिवसीय सिरिज’ अन्तर्गत पहिलो खेलमा केडिसिए ‘ए’ ले भ्रमणकारी मुम्बई आरपिसिएलाई ८ विकेटले पराजित गरेको छ |

मुम्बईको आरपिसिएले सुरुमा ब्याटिङ गर्दै २७.३ ओभरमा अल आउट हुँदै ११८ रन बनाएको थियो | सैलेस मदने १७, रोहन रेन्वुटुवा १६ रन बनाए भने अन्य ब्याट्सम्यान दोहोरो अन्कमा रन बनाउन सफल भएनन | केडिसिए ‘ए’ का लागि आशिष् भट्टले ४, दिपक चन्दले ३, बिकास आग्रीले २ विकेट लिएका थिए |

लक्ष पछ्याएको केडिसिए ‘ए’ ले १३.५ ओभरमा मात्र २ विकेट गुमाउदै ११९ रन बनाएपछी ८ विकेटको सहज जित निकाल्यो | किरण ठगुन्नाले ५०*, राहुल चन्दले १५*, अशोक बिस्टले ३१ रन बनाएका थिए | मुम्बई आरपिसिएका लागि दिपक काले, सैलेश मदनेले समान १/१ विकेट लिएका थिए |

मैत्रीपुर्ण सिरिज अन्तर्गत ३ एकदिवसीय, ४ टि२० खेलहरु भ्रमणकारी मुम्बइ आरपिसिए सङ्गै केडिसिएका ए र बि गरि ३ टिमविच हुनेछन |

असोज ३० – कार्तिक २१ सम्म सन्चालन हुने प्रतियोगिताको पहिलो खेल अघि भब्य उद्धाटन भएको थियो | उद्धाटन समारोहमा सभापति कंचनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बिरेन्द्र चन्द, प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकरी सुशील कु बैध, सुदुर पश्चिम क्रिकेट बिकास समितिका उपाध्यक्ष दिपक प्र चालिसे बिसिस्ठ अतिथिमा जिल्ला खेलकुद बिकास समिति कार्यालय प्रमुख गोपाल दत्त भट्ट, क्रिकेटर चन्द्र साउद, म्याच रेफ्री दिनेस आग्री, महिला क्रिकेटर माया रावत साउद, केडिसिएका प्रशिक्षक दिनेस आग्रीको उपस्थिति रहेको थियो |

श्रोत : डिसिसिएका अध्यक्ष रमेस साउद