Cricket Himalaya
Cricket News From Top of The World

डब्लु सि एल दोश्रो दिन दोश्रो खेल : ललितपुरद्वारा बिराटनगरलाई १२३ रनको लक्ष

असोज ३०, क्रिकेट हिमालय

क्विन्स इभेन्ट प्रालिको आयोजनामा टियु क्रिकेट मैदानमा जारी ‘वोमेन च्याम्पियन्स लिग (WCL)’ अन्तर्गत दोश्रो दिनको दोश्रो खेलमा ललितपुर फाल्कन्सले बिराटनगर टाइटान्सलाई १२३ रनको लक्ष दिएको छ |

टस हारेर सुरुमा ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाउँदै १२२ रन बनाएको थियो | उसका लागि ममता चौधरीले २४ बलमा २८, करुणा भन्डारी १८ बलमा २१, कृति सेन १३ र सोनु खडकाले रन बनाएकी थियिन |

बिराटनगरका लागि सबनम राई १, आरती बिडारी १ विकेट लिएका थिए |

ललितपुर फाल्कन्स/नेरि थापा

ममता चौधरी, करुणा भन्डारी, सरिता दस्वा मगर, रोसनी बोहरा, कविता जोशी, क्रीती सेन, सिमा थापा, गिता गोसाइ, सान्ती कुमारी चौधरी, सम्झना खडका, अनिसा केसि

बिराटनगर टाइटान्स/सरिता मगर

सोनु खडका, आरती बिडारी, ज्योती पान्डे, डलि भट्ट, लक्ष्मी चौधरी, सबनम राई, क्रीतिका मरासिनी, अश्मिना कर्माचार्य, सर्मिला रोक्कामगर, क्रीस्मा गुरुङ्ग