Cricket Himalaya
Cricket News From Top of The World

टिपिएल३: बुटवल युनाइटेड क्रीकेट क्लब विजयी,कुसल मल्ल र प्रनित थापा बिस्पोटक ब्याटिङ

क्रीकेट हिमालय , असोज ३० रुपन्देही

तिलोत्तमा प्रीमिएर लिग(टिपिएल) अन्तर्गत छैठौ दिनको पहिलो खेलमा बुटवल युनाइटेड क्रीकेट क्लब लुम्बिनी कसाइ साक्यन बिरुद्द आफ्नो पहिलो खेलमै सान्दार जित निकालेको छ । टस जिति पहिला ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाउदै १४६ रन बनाएको थियो । लुम्बिनीको लागि सरद भेषावकरले ४७ ,विशाल खत्रीले २९ , प्रदिप जैसवालले २२ तथा अनुपन सिङले १५ रनको योगदान दिए । बुटवल युनाइटेडको लागि कुसल मल्लले ३ तथा मैनधुज खान र सुसान भारिले समान १/१ विकेट लिए ।
१४७ रनको बिजय लक्ष्यका साथ मैदान उत्रिएको बुटवल युनाइटेड क्रीकेट क्लबले१४.५ ओभरमा मात्रै ४ विकेट को क्षतिमा लक्ष्य पुरा गर्यो । बुटवल युनाइटेड को जितमा प्रनित थापा मगर र कुसल मल्लले समान ५८/५८ रनको बिस्पोटक पारिको योगदान दिए । २५ बल खेलेका कुसल मल्ल ७ चौका र ३ छक्का तथा २१ बल खेलेका प्रनित थापाले ६ चौका र ४ छक्का प्रहार गरे । एस्तै इमरान खानले १६ तथा मिर्नाल गुरुङले १० रनको योगदान दिए ।
खेलको म्यान अफ दि म्याच कुसल मल्ल तथा मुल्यबान खेलाडी प्रनित थापा मगर घोषित भए

प्रतियोगिताको पुरस्कार राशी तर्फ बिजेताले ४ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र , उपबिजेताले २ लाख नगद ट्रफी मेडल र अप्रमाणपत्र प्राप्त गर्नेछन ,साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्लयेर्स अफ दि सिरिजले २० नगद र सिल्ड , बेस्ट ब्यास्ट्म्यान र बलर समान १० हजार नगद र सिल्ड , इमर्जिङ प्लयेर्सले ५ हजार नगद र सिल्ड एस्तै प्रत्येक खेलको मुल्यवान खेलाडीले नगद १ हजार , प्रत्येक खेलमा हाल्फ सेन्चुरी हान्ने खेलाडीले नगद १ हजार , टिम फेयर प्ले अवार्ड ४० हजार तथा हरेक खेलको म्यान अफ दि म्याचले १५ सय प्राप्त गर्नेछन । प्रतियोगिता कुल अनुमानित खर्च २५ लाख हुने आयोजक ले जनाएको छ । तिलोत्तमा प्रिमियर लिगका सबै खेलहरु तिलोत्तमा -६ स्थित नवजीवन खेल मैदान १० नम्बरमा भैरहेको छ ।

पहिलो सिजनको तिलोत्तमा प्रिमियर लिगको बिजेताले २ लाख र उपबिजेताले १ लाख तथा दोस्रो सिजनको बिजेताले ३ लाख र उपबिजेताले १.५ लाख नगद प्राप्त गरेका थिए ।पहिलो सिजनको उपाधी SR NSCA टाइगर्सले तथा दोस्रो सिजनको उपाधी लुम्बिनी कसाई ग्लाडिएटर्सले जितेको थियो ।