Cricket Himalaya
Cricket News From Top of The World

डब्लु सि एल : दोश्रो दिनको पहिलो खेलमा काठमाडौ बिजयी, रुबिनाको अर्धसतक

असोज ३०, क्रिकेट हिमालय

क्विन्स इभेन्ट प्रालीद्वारा टियु मैदानमा जारी ‘वोमेन च्याम्पियन्स लिग (WCL)’ अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा क्याट क्विन्स काठमाडौले पोखरा पल्टनलाइ ८२ रनले पराजित गरेको छ |

टस हारेर पहिले ब्याटिङ गरेको क्याट क्विन्सले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५२ रन बनाएको थियो । कप्तान रुवीनाले ६७ बलमा १४ चौका र दुई छक्काको मद्दतमा ८३* रन बनाएकि थियिन भने रोमा थापाले १९ तथा इश्वरी विष्टले १० रन जोडीन भने शोभा आलले १२ रन बनाएकी थियिन |

पोखराका लागि अनुराधा चौधरीले चार विकेट र कविता कुवरले १ विकेट लिएकी थियिन |

लक्ष पछ्याएको पोखरा १६.१ ओभरमा अल आउट हुदै ७० रन बनाएको थियो । कप्तान सिता रानामगरले १७ तथा विन्दु रावलले १३ रन बनाएका थिए |

क्याट क्विन्सका लागि अप्सरी बेगमले २, एस सि कुमारिले २, एल साउदले १ विकेट लिएकी थियिन |