Cricket Himalaya
Cricket News From Top of The World

बाल बाटिका लिग, कैलाली : अार.एम.इ र लिटिल फ्लावर विजयी

राजेन्द्र रावल/ असाेज २९, बाैनिया

कैलालीको बर्दगाेरिया गाउपालिका जारि प्रथम प्रदेश स्तरिय बाल बाटिका क्रिकेट लिग २०७६ मा अार.एम.इ स्कुल टिकापुरले लगातार दाेस्राे जित दर्ता गर्यो भने लिटिल फ्लावर धनगढीले पहिलो जित दर्ता गरेको छ ।

दाेस्राे जित दर्ता गर्ने क्रममा अार.एम.इ स्कुल टिकापुरले क्याम्ब्रिज स्कुल वलियालाई २५ रनले हराउदा लिटिल फ्लावरले गणेश बाबालाई १४ रनले पराजित गरेको हाे ।

दिनकाे पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अार.एम.इ ले निर्धारित १५ अाेभरमा ८ विकेट गुमाउँदै ८२ रन बनायकाे थियाे । उसका लागि समिर बमले १२ बलमा ३ चाैकाे मदतमा १५ रन बनाउदा अन्यकाे प्रदसन सम्झन लायक रहेन । बलिङ तर्फ क्याम्ब्रिज का प्रशान्त चाैधरिले ३ अाेभरमा १० रन दिदै ३ विकेट लियका थिय ।

८३ रनकाे विजयी लक्ष्य लियर मैदान उत्रेको क्याम्ब्रिज निर्धारित १५ अाेभर मध्य १४.१ अाेभरमा ५७ रनमा समेटिएको थियाे । उसका कुनै पनि ब्याट्सम्यान ले दाेहाेराे अंकमा रन नजाेड्दा चार जना ब्याट्सम्यान शुन्य रनमा पवेलियन फर्किएका थिय । उता बलिङतर्फ अार.एम.इ का अबिशेक खत्रीले २.१ अाेभरमा २ मेडन राख्दै बिना कुनै रन खर्चियर ३ विकेट लियका थिय । यस्तै कृष्ण शाहा र बिपिन साउदले समान २-२ विकेट लियका थिय ।

खेलमा अार.एम.इ का कप्तान अबिशेक खत्री म्यान अफ द म्याच घाेषित भए । याे प्रतियोगितामा उनको लगातार दाेस्राे म्यान अफ द म्याच हाे ।

यस्तै दिनकाे दाेस्राे खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे लिटिल फ्लावर धनगढिले निर्धारित १५ अाेभरमा ६ विकेट गुमाउँदै ८४ रन जाेडेकाे थियाे । उसका लागि सैलेस अवस्थिले ३५ बलमा १ छक्का र ६ चाैकाकाे मदतमा ३९ रनकाे याेगदान गर्दा अनिल थापाले २८ बलमा १ चाैकाकाे मदतमा २३ रन बनायका थिय । बलिङ तर्फ गणेश बाबा टिकापुरका राजेन्द्र खनालले ३ अाेभरमा १७ रन खर्चिदै २ विकेट लियका थिय ।

८५ रनको विजयी लक्ष्य लियर मैदान प्रवेश गरेको गणेश बाबा निर्धनरित १५ अाेभरमा ९ बिकेट गुमाउँदै ७० रन मात्र जाेड्न सफल भएको थियाे । उसका लागि दिपक थापाले २६ बलमा २ चाैकाकाे मदतमा २२ रन बनाउदा शुभाष रावल ले १० रनको याेगदान गरेका थिय । बलिङतर्फ लिटिल फ्लावरका दिपक राेकायाले २ अाेभरमा ६ रन खर्चिदै ३ विकेट लिदा किसाेर सिह र प्रकाश बडुले समान २-२ विकेट लियका थिय ।

खेलमा दिपक राेकाया म्यान अफ द म्याच घाेसित भए ।

दिनको अन्तिम खेलमा गुरुकुल र युनाइटेड टिकापुर बिच खेल हुनु पर्नेमा गुरुकुलले प्रतियोगिताकाे नियम उल्लंघन गरेकाले उसलाई प्रतियोगिताबाट बर्खास्त गरिएकाे अायाेजक नव बाल बाटिका बिधा मन्दिरका संस्थापक प्रमाेद मल्लले जानकारी दिएका छन |

प्रतियोगिता अन्तरगत पाचौं दिन बिहीबार समेत तीन खेल सञ्चालन हुने अायाेजकले जानकारी दियकाे छ ।

टाइसिट