Cricket Himalaya
Cricket News From Top of The World

‘कचनकवल प्रीमियर लिग’ को फाइनलमा युनाइटेड र बोस्टन एकेडमी

असोज २९, क्रिकेट हिमालय

झापाको कचनकवल गाउँपालीकामा जारी दोस्रो ‘कचनकवल प्रिमियर लिग (KPL)’ क्रिकेट प्रतियोगिताको अन्तर्गत युनाइटेड क्रिकेट एकेडमी र बोस्टन क्रिकेट एकेडमी प्रतियोगिताको फाइनलमा प्रबेस गरेका छन |

पहिलो सेमिफाइनल : युनाइटेड र आदर्श

टस जितेर सुरुमा ब्याटिङ गरेको युनाइटेडले १९.५ ओभरमा अल आउट हुँदै १९१ रन बनाएको थियो | समीर कार्किले ३३ बलमा ६४ रन बनाएका थिए | आदर्शका लागि रोसन चौहानले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिएका थिए |

लक्ष पछ्याएको आदर्श २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रनमा सिमित भएपछी ५५ रनले पराजित रह्यो | दिपेस ढकालले २६ बलमा ३९ रन बनाएका थिए | युनाइटेडका लागि रोसन साहले ४ ओभरमा १ मेडन सहित ३२ रन दिएर २ विकेट लिएका थिए |

प्लेयर अफ द म्याच समीर कार्की घोसित भएका थिए |

दोश्रो सेमिफाइनल : बोस्टन र चाराली

टस जितेको बोस्टन एकेडमिले सुरुमा ब्याटिङ २० ओभरमा ४ विकेट गुमाउँदै २२३ रन बनाएको थियो | प्रसान्त महतले मात्र २८ बलमा ७१ रन बनाएका थिए | विशाल लक्ष पछ्याएको चाराली २० ओभरमा ९ विकेट गुमाउँदै १२१ रनमा समेटिएपछी १०२ रनले पराजित रह्यो |

प्लेयर अफ द म्याच प्रसान्त महत घोसित भएका थिए |

आदर्श क्रिकेट क्लब कचनकवल २ को आयोजनामा गत बर्ष बाट सुरु भएको झापाको दक्षिणी क्षेत्रको सर्बाधिक पुरस्कार राशीको प्रयोगिताको यो संस्करणमा ८ वटा टिम सहभागी छन् ।

प्रतियोगिताको उपाधी बिजेताले नगद ६० हजार रुपैयाँ, उप विजेताले ३५ हजार रुपैयाँ र मेडल र ट्रफि पाउने छन् ।