Cricket Himalaya
Cricket News From Top of The World

इलाम प्रीमियर लिग (IPL) कार्तिक २ देखि हुँदै

असोज ३०, क्रिकेट हिमालय

इलाम जिल्ला क्रिकेट संघको आयोजनामा कार्तिक २-९ सम्म ‘इलाम प्रीमियर लिग(IPL)’ सन्चालन हुने भएको छ |

प्रतियोगितामा आइसिएवाइ, सुर्योदय नगरपालिका, देउमायी नगरपालिका, एनएसटि गरि प्रारम्भिक चरणबाट छनोट भएका टिमहरुको सहभागीता रहने छ |

प्रारम्भिक चरणको प्रतियोगिताको छनोट खेलमा कुल १६ टिम रहेको र उत्कृष्ट खेलाडीहरु समाबेस गर्दै शीर्ष स्थानमा रहेका चार टिमले यो सिजनको ‘इलाम प्रीमियर लिग’ को फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन |

लिग चरणको खेल पश्चात् उत्कृष्ट दुई टिमले फाइनल प्रबेस गर्ने छन |

प्रतियोगिताको बिजेताले नगद रु १ लाख, उपबिजेताले नगद रु ५० हजार, बेस्ट बलर र ब्याट्सम्यानले जनही रु ५/५ हजार, म्यान अफ द सिरिजले नगद रु ७ हजार प्राप्त गर्नेछन |

टाइसिट