Cricket Himalaya
Cricket News From Top of The World

दमक यु१६ क्रिकेट : पहिलो दिन मिलन र बोस्टन क्रिकेट एकेडमी बिजयी

असोज २९, क्रिकेट हिमालय

प्याट्रीयोटिक क्रिकेट ट्रेनिङ्ग सेन्टर, झापाको आयोजनामा असोज २९ – कार्तिक २ सम्म आदिबासी रङ्गसाला, झापामा सन्चालन हुने ‘दमक यु१६ क्रिकेट लिग’ को पहिलो दिनको खेलहरु अन्तर्गत मिलन क्रिकेट एकेडमि र बोस्टन क्रिकेट एकेडमी बिजयी भएका छन |

पहिलो खेल : मिलन क्रिकेट एकेडमी र आदर्श क्रिकेट क्लब

आदर्शले टस जितेर सुरुमा ब्याटिङ गर्दै १३.४ ओभरमा अल आउट हुँदै ५९ रन बनाएको थियो | मिलन बिस्टले ८ रन बनाएका थिए | मिलन क्रिकेट एकेडमिका लागि सन्तोस कामिले ३ ओभरमा ६ रन दिएर ३ विकेट लिएका थिए |

लक्ष पछ्याएको मिलनले १२.४ ओभरमा ६ विकेट गुमाउँदै ६० रन बनाएपछी ४ विकेटको जित हात पार्यो | अर्जोधी मलिकले २४ बलमा १८ रन बनाएका थिए | आदर्शका प्रसान्त थापाले २ ओभरमा ९ रन दिएर २ विकेट लिएका थिए |

दोश्रो खेल : प्याट्रीयोटिक क्रिकेट ट्रेनिङ सेन्टर र बोस्टन क्रिकेट एकेडमी

टस हारेको प्याट्रीयोटिकले सुरुमा ब्याटिङ गर्दै १५ ओभरमा ६ विकेट गुमाएर ७० रन बनाएको थियो | निखिल पौडेलले १० बलमा १८ रन बनाएका थिए | बोस्टनका लागि पुरुसोत्तम न्यौपानेले ३ ओभरमा ३ रन दिएर २ विकेट लिएका थिए |

लक्ष पछ्याउदै बोस्टनले १२.५ ओभरमा ७ विकेट गुमाएर ७१ रन बनाएपछी ३ विकेटको जित हात पार्यो | पुरुसोत्तम न्यौपानेले १३ बलमा २० रन बनाएका थिए | प्याट्रीयोटिकका लागि ३ ओभरमा १० रन दिएर दिभ्यम अधिकारिले ३ विकेट लिएका थिए |

प्रतियोगिता बिजेता, उपबिजेता सहित बेस्ट ब्याट्सम्यान, बलरले आकर्षक पुरस्कार प्राप्त गर्नेछन भने प्रतियोगिताभर छक्का प्रहार गरिएको बल क्याच गर्ने दर्शकले नगद रु ५०० प्राप्त गर्ने आयोजकले जनाएको छ |

टाइसिट