Cricket Himalaya
Cricket News From Top of The World

टि टेन लिगमा सन्दीपले कर्नाटका टुस्कर्सबाट खेल्ने

२९ असोज, क्रीकेट हिमालय

 

नेपाली लेग स्पिनर सन्दीप लामिछाने युएईमा हुने टी-१० लिगको तेस्रो संस्करणमा पनि कर्नाटका टुस्कर्सबाट खेल्ने भएका छन् ।

आज युएईमा भएको खेलाडी ड्राफ्टमा कर्नाटकाले सन्दीप ‘ए’ क्याटेगरीमा किनेको हो । ‘ए’ क्याटेगरीमा खेलाडीको पारिश्रमिक ४५ हजार अमेरिकी डलर रहेको छ। यस बर्ष कर्नाटक टुस्कर्ससहित दिल्ली बुल्स, डेकन ग्लाडीयटर्स, नार्थर्न वारियर्स, बंगला टाइगर्स, मराठा अरबियन्स, टिम अबुधाबी र कवालंदर्स गरी ८ टिम छन् ।
सन्दीप आवद्ध कर्नाटका टुस्कर्स सहित बंगला टाइगर्स, डेकन ग्लाडीयटर्स र दिल्ली बुल्स प्रतियोगिताको समुह ‘ए’ मा छन्। सन्दीप आवद्ध कर्नाटका टुस्कर्सले समूह चरणमा १६ नोभेम्बरमा दिल्ली बुल्स, १७ नोभेम्बरमा बंगला टाइगर्स र १८ नोभेम्बरमा डेकन ग्लाडीयटर्ससंग खेल्नेछ।
त्यसपछि प्रतियोगितामा सुपर लिग र प्ले अफ खेलहरु हुनेछन्।

कर्नाटका टुस्कर्सको आइकन प्लेयर हशिस अमला रहेका छन्।

 

सन्दीपले अघिल्लो बर्षको दोस्रो संस्करणमा केरला नाइट्सबाट खेल्दै ६ खेलमा ६ विकेट लिएका थिए । गत बर्ष सन्दीपको टिम समुह चरणबाटै बाहिरिएको थियो ।

प्रतियोगिता नोभेम्बर १४ देखि २४ सम्म आबुधाबीको जायेद क्रिकेट स्टेडियममा हुदै छ ।