Cricket Himalaya
Cricket News From Top of The World

महागढिमाइ कप टि२० क्रिकेट : महाबिर र बिरगन्ज युथ क्रिकेट क्लब बिजयि

असोज २९, क्रिकेट हिमालय

बारामा बुधबारबाट शुरु भएको महागढिमाई कप टि–२० क्रिकेट प्रतियोगितामा वीरगञ्ज युथ क्रिकेट क्लबले विजयी शुरुवात गरेको छ ।

महागढिमाई नगरपालिकास्थित क्रिकेट स्टेडियममा भएको उद्घाटन खेलमा आयोजक महागढिमाई स्पोर्टस क्लबलाई ६ विकेटले हराउँदै वीरगञ्जले प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।

१० ओभरमा छोट्याइएको खेलमा टस जितेर वीरगञ्जले व्याटिङ रोजेको थियो । ४ विकेटको क्षतीमा १३६ रन बनाएको वीरगञ्ज विरुद्ध १३७ रनको लक्ष्य पछ्याएको आयोजक क्लब २ विकेट गुमाउँदै ५२ रनमै समेटियो ।

वीरगञ्जका लागि सर्वाधिक ४३ रनको योगदान गरेको समिम अंसारी खेलको म्यान अफ दि म्याच घोषित भए ।

बुधबारनै भएको दोश्रो खेलमा हेटौंडाको महाविर क्रिकेट क्लबले बाराको कलैया क्रिकेट क्लबलाई १ विकेटले पराजित ग¥यो ।

राष्ट्रिय क्रिकेट टिमका खेलाडी सहित पिचमा आएको कलैयाको व्याटिङ घरेलु मैदानमा चल्न सकेन । टस जितेर ब्याटिङ रोजेको कलैयाले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै ७२ रन मात्र जोड्न सक्यो ।

७३ रनको लक्ष्य पछ्याएको हेटौंडाले १५ ओभरमा ९ विकेटको क्षतीमा लक्ष्य भेट्यायो । हेटौंडाको जितमा नायक बनेका रामनरेश गिरी खेलको म्यान अफ दि म्याच घोषित भए । कलैयालाई सस्तैमा समेट्ने क्रममा रामनरेशले ह््याट्रिक सहित ५ विकेट लिएका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलिका पवन सर्राफ, अनिल साह, तथा यु–१९ राष्ट्रिय टिमका रवि साह र तृत राज दास अनुभवी खेलाडी लाई मैदान मा उतारेपनि हेटौंडाका सामु कलैया नीरिह बन्यो ।

लेट्स प्ले स्पोर्टसको आयोजना तथा शोबिज स्पोर्ट्स को व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले दूई लाख तथा उपविजेताले एकलाख सहित ट्रफि प्राप्त गर्ने प्रतियोगिताका निर्देशक प्रवल गौतमले जानकारी दिए ।

प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । यसअघि प्रतियोगिताको उद्घाटन महागढिमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले गरेका थिए