Cricket Himalaya
Cricket News From Top of The World

तिलोत्तमा प्रीमिएर लिग : रेन्बो ज्ञानोदय गोल्ड्स र पाल्पालि लिजेन्ड बिजयी

क्रीकेट हिमालय , रुपन्देही ,असोज २९

तिलोत्तमा प्रीमिएर लिग अन्तर्गत पाचौ दिनका खेलहरुमा रेन्बो ज्ञानोदय गोल्ड्स र पाल्पाली लिजेन्ड बिजयी भएका छन ।।

आज भएको पहिलो खेलमा रुपन्देही पल्टन लाई ६ विकेटले हराउदै रेन्बो ज्ञानोदय गोल्ड्सले दोस्रो जित दर्ता गरेको छ।टस जिति पहिला ब्याटिङ गरेको रुपन्देही पल्टन ले १६.३ ओभरमा सबै विकेट गुमाउदै ७६ रनमा समेटिएको थियो
रुपन्देही को लागि दिनेश मगर १६ तथा दिपेन्द्र सिंह ऐरिले १५ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्म्यान ले दोहोरो अन्क बनाउन सकेनन्। पल्टन लाई सस्तैमा समेट्ने क्रममा ज्ञानोदयका प्रतिस जिसि र दिवस पुनले ३/३ तथा कोमल ओलि , जितेन्द्र सहानी र सुनिल धमला समान १/१ विकेट हात पारे । ७७ रनको सामान्य बिजय लक्ष्य ज्ञानोदयले १२.१ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो । ज्ञानोदय को जितमा सुनिल धमलाले ३९ तथा हर्जित सिङ्ले २१ रनको योगदान दिए ।।पल्टनको लागि रुपेश कुर्मि , दिपेन्द्र ऐरि तथा रोबिन क्षेत्रिले समान १/१ विकेट लिए ।
खेलको म्यान अफ दि म्याच ज्ञानोदयका दिवस पुन घोषित भए ।

एस्तै आजै भएको दोस्रो खेलमा पाल्पाली लिजेन्ड रोयल शंकरनगर बिरुद्द ७ विकेटले बिजयी भएको छ । टस हारी पहिला ब्याटिङ गरेको रोयल शंकरनगर २० ओभरमा ९ विकेट गुमाउदै १५१ रन बनाएको थियो । रोयल शंकरनगर को लागि रोहित पौडेलले ८६ तथा प्रेम श्रेष्ठले ३७ रनको योगदान दिए।।पाल्पाली लिजेन्डको लागि बिजय चौधरीले ३ , सागर थापाले २ तथा बिक्रम सोब, तुलबहादुर थापा र रुपेश बस्यालले समान १/१ विकेट लिए । १५२ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको पाल्पाली लिजेन्डले १८.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो पाल्पाली लिजेन्ड को लागि सुबेन्दु पान्डेले ५८ बलमा ८ चौका र ३ छ्क्काको मद्दतले ७५ रन ,निर्मल थापाले ४७ तथा राजेन्द्र मान साक्यले १९ रनको योगदान दिदा मात्रै १ बल खेलेका तुलबहादुर थापाले छक्का स्वरुप बिजय सट प्रहार गरे । रोयल शन्करनगर को लागि रोहित पौडेलले २ तथा दुर्गेश कुर्मिले १ विकेट लिए ।।
खेलको म्यान अफ दि म्याच सुबेन्दु पान्डे घोषित भए ।
भोलि पाचौ दिनको पहिलो खेल बुटवल युनाइटेड क्रीकेट क्लब र लुम्बिनी कसाइ साक्यन तथा दोस्रो खेल मनिग्राम किङ्स र सुपर ११ भैरहवा बिच हुनेछ।

प्रतियोगिताको पुरस्कार राशी तर्फ बिजेताले ४ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र , उपबिजेताले २ लाख नगद ट्रफी मेडल र अप्रमाणपत्र प्राप्त गर्नेछन ,साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्लयेर्स अफ दि सिरिजले २० नगद र सिल्ड , बेस्ट ब्यास्ट्म्यान र बलर समान १० हजार नगद र सिल्ड , इमर्जिङ प्लयेर्सले ५ हजार नगद र सिल्ड एस्तै प्रत्येक खेलको मुल्यवान खेलाडीले नगद १ हजार , प्रत्येक खेलमा हाल्फ सेन्चुरी हान्ने खेलाडीले नगद १ हजार , टिम फेयर प्ले अवार्ड ४० हजार तथा हरेक खेलको म्यान अफ दि म्याचले १५ सय प्राप्त गर्नेछन । प्रतियोगिता कुल अनुमानित खर्च २५ लाख हुने आयोजक ले जनाएको छ । तिलोत्तमा प्रिमियर लिगका सबै खेलहरु तिलोत्तमा -६ स्थित नवजीवन खेल मैदान १० नम्बरमा भैरहेको छ ।

पहिलो सिजनको तिलोत्तमा प्रिमियर लिगको बिजेताले २ लाख र उपबिजेताले १ लाख तथा दोस्रो सिजनको बिजेताले ३ लाख र उपबिजेताले १.५ लाख नगद प्राप्त गरेका थिए ।पहिलो सिजनको उपाधी SR NSCA टाइगर्सले तथा दोस्रो सिजनको उपाधी लुम्बिनी कसाई ग्लाडिएटर्सले जितेको थियो ।