Cricket Himalaya
Cricket News From Top of The World

डब्लु सि एल (WCL) : पहिलो दिन काठमाडौ बिरुद्ध चितवन राइनोज बिजयी

असोज २९, क्रिकेट हिमालय

क्विन्स इभेन्ट प्राली द्वारा टियु क्रिकेट मैदानमा असोज २९-कार्तिक ७ सम्म आयोजना हुने महिला फ्रेन्चाइज्ड क्रिकेट लिग ‘वोमेन्स क्रिकेट लिग (WCL)’ अन्तर्गत आज समपन्न पहिलो खेलमा चितवन राइनोज बिजयी भएको छ |

सुरुमा ब्याटिङ गरेको क्याट क्विन्स काठमाडौले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ९२ रन बनाएको छ |रश्मि चौलागाईंले २५ बलमा ३४, सरस्वती चौधरीले २६ बलमा १५ रन बाहेक अन्य कुनै प्लेयर्सले दोहोरो अन्कमा रन बनाउन सकेनन |

चितवन राइनिजका लागि रेखा रावल, कविता गौतमले समान २/२, सन्तोशी चौधरीले ३ विकेट लिएकि थियिन |

लक्ष पछ्याएको चितवन राइनोजले १८.३ ओभरमा ५ विकेट गुमाउँदै ९३ रन बनाएपछी ५ विकेटको जित हात पार्यो | उसका लागि काजल श्रेष्ठले १४ बलमा ११, रितु कनौजियाले २० बलमा १४, सुमन खतिवडाले २३ बलमा २९, प्यारी चौधरीले २० बलमा १९ रन बनाएकी थियिन |

काठमाडौका लागि इश्वरी बिस्टले २, सङ्गिता राइले १, लक्ष्मी साउदले १, सरस्वती चौधरीले १ विकेट लिएकी थियिन |

आज सम्पन्न उद्धाटन समारोहमा रास्ट्रीय खेलकुद परिषदका सदस्यसचिब रमेस सिलवाल, नेपाल क्रिकेट संघ (CAN) का अध्यक्ष चतुर बहादुर चन्द, वोमन च्याम्पियन्स लिगका म्यानेजिङ डाइरेक्टर छुम्बी लामाको उपस्थिति रहेको थियो |

प्रतियोगितामा ५ फ्रेन्चाइज्ड टिमहरु पोखरा पल्टन, चितवन राइनोज, क्याट क्विन्स, काठमाडौ, ललितपुर फाल्कन्स, बिराटनगर टाइटान्सको सहभागिता रहनेछ |

सीता रानामगर, करुणा बर्मा, रुबिना छेत्री, नेरि थापा, सरिता मगर गरि हरेक टिममा मार्की प्लेयर्सहरु रहेका छन |

प्रतियोगिताको प्रत्यक्ष प्रसारण एपिवान टेलिभिजन मार्फत हुनेछ |

प्रतियोगिताको पहिलो खेलमा क्याट क्विन्स काठमाडौ र चितवन राइनोज भिडनेछन |

चितवन राइनोज/इन्दु बर्मा

काजल श्रेष्ठ, रितु कनौजिया, रेखा रावल, सन्तोशी चौधरी, प्रतीक्षा बस्याल, सुमन खतिवडा, सरस्वती पुन, अस्मिता खरेल, प्यारी चौधरी, कन्चन श्रेष्ठ, सन्जु लामा, साबित्रा जिसि

क्याट क्विन्स, काठमाडौ /रुबिना छेत्री

अप्सरी बेगम, रोमा थापा, रश्मि शर्मा चौलागाईं, सङ्गिता राई, सरस्वती चौधरी, ममता थापा, सुमन बिस्ट, नितु भन्डारी, इश्वरि बिस्ट, लक्ष्मी साउद, मनिसा राना

प्रतियोगिताको बिजेताले नगद रु ७ लाख, उपबिजेताले नगद रु ३ लाख सहित ट्रफी, प्लेयर अफ द म्याचले टिभीएस १२५ सिसिको स्कुटर सहित नगद रु ५० हजार, बेस्ट बलर र ब्याट्सम्यानले जनही रु २५ हजार प्राप्त गर्ने छन |

टाइसिट