Cricket Himalaya
Cricket News From Top of The World

डब्लु सि एलको भब्य उद्घाटन, काठमाडौ र चितवन बिच पहिलो खेल हुँदै

असोज २९, क्रिकेट हिमालय

क्विन्स इभेन्ट प्राली द्वारा टियु क्रिकेट मैदानमा असोज २९-कार्तिक ७ सम्म आयोजना हुने महिला फ्रेन्चाइज्ड क्रिकेट लिग ‘वोमेन्स क्रिकेट लिग (WCL)’ को भब्य उद्धाटन भएको छ |

आज सम्पन्न उद्धाटन समारोहमा रास्ट्रीय खेलकुद परिषदका सदस्यसचिब रमेस सिलवाल, नेपाल क्रिकेट संघ (CAN) का अध्यक्ष चतुर बहादुर चन्द, रास्ट्रीय क्रिकेट टिमका प्रशिक्षकहरु उमेस पटवाल, जगत टमटा, वोमन च्याम्पियन्स लिगका म्यानेजिङ डाइरेक्टर छुम्बी लामाको उपस्थिति रहेको थियो |

केहिबेरमा सरु हुने प्रतियोगिताको पहिलो खेल अन्तर्गत क्याट क्विन्स काठमाडौ र चितवन राइनोज भिडनेछन |

चितवन राइनोज/इन्दु बर्मा

काजल श्रेष्ठ, रितु कनौजिया, रेखा रावल, सन्तोशी चौधरी, प्रतीक्षा बस्याल, सुमन खतिवडा, सरस्वती पुन, अस्मिता खरेल, प्यारी चौधरी, कन्चन श्रेष्ठ, सन्जु लामा, साबित्रा जिसि

क्याट क्विन्स, काठमाडौ /रुबिना छेत्री

अप्सरी बेगम, रोमा थापा, रश्मि शर्मा चौलागाईं, सङ्गिता राई, सरस्वती चौधरी, ममता थापा, सुमन बिस्ट, नितु भन्डारी, इश्वरि बिस्ट, लक्ष्मी साउद, मनिसा राना

प्रतियोगिताको बिजेताले नगद रु ७ लाख, उपबिजेताले नगद रु ३ लाख सहित ट्रफी, प्लेयर अफ द म्याचले टिभीएस १२५ सिसिको स्कुटर सहित नगद रु ५० हजार, बेस्ट बलर र ब्याट्सम्यानले जनही रु २५ हजार प्राप्त गर्ने छन |

प्रतियोगितामा ५ फ्रेन्चाइज्ड टिमहरु पोखरा पल्टन, चितवन राइनोज, क्याट क्विन्स, काठमाडौ, ललितपुर फाल्कन्स, बिराटनगर टाइटान्सको सहभागिता रहनेछ |

प्रतियोगिताको प्रत्यक्ष प्रसारण एपिवान टेलिभिजन मार्फत हुनेछ |

टाइसिट