Cricket Himalaya
Cricket News From Top of The World

तिलोत्तमा प्रीमिएर लिग : मणिग्राम किङ बिजयी, अनिल खरेलको उत्कृष्ट प्रदर्शन

क्रीकेट हिमालय , रुपन्देही ,असोज २७

तिलोत्तमा क्रीकेट बिकास समितीको आयोजनामा रुपन्देहीमा जारी तिलोत्तमा प्रीमिएर लिगका तेस्रो दिनका दोस्रो खेलमा मनिग्राम किङ ६७ रनले बिजयी भएको छ ।१३७ रनको बिजय रन पछ्याउँदै जवाफी ब्याटिङ गरेको शंकरनगर १७.३ ओभरमा ६९ रनमा समेटिएको थियो ।
शंकरनगर को लागि रोहित पौडेल र सौरभ खनाल ले समान ११/११ तथा र सुरज दराईले १३ बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन।
मनिग्राम को लागि कृष्ण कार्की दुर्गेश गुप्ता र अमर सिङ राउटेला समान २/२ तथा अनिल खरेल ले ४ विकेट लिए ।
यश अघि टस जिति पहिला ब्याटिङ गरेको मणिग्राम किङले रोयल शंकरनगर लाई १३७ रनको बिजय लक्ष्य प्रस्तुत गरेको थियो ।मणिग्राम किङ्स को लागि कृष्ण भुसालले २९ , मनोज सुनारले 23 , कृष्ण कार्किले १४ ,दुर्गेश गुप्ताले १७ , तुलाराम थापाले १५ तथा अमर सिङ राउटेलाले १० रनको योगदान दिए

एक्सपर्ट रोयल शंकरनगर को तर्फबाट दुर्गेश्व कुर्मिले ३ , जम्बो मगर र सन्दिप सुनार ले २/२ तथा सौरभ खनाल र रमेश कुर्मिले १/१ विकेट लिए।

खेलको म्यान अफ दि म्याच अनिल खरेल घोषित भए , एस्तै मुल्यवान खेलाडीको रुपमा दुर्गेश गुप्ता घोषित भए

प्रतियोगिताको पुरस्कार राशी तर्फ बिजेताले ४ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र , उपबिजेताले २ लाख नगद ट्रफी मेडल र अप्रमाणपत्र प्राप्त गर्नेछन ,साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्लयेर्स अफ दि सिरिजले २० नगद र सिल्ड , बेस्ट ब्यास्ट्म्यान र बलर समान १० हजार नगद र सिल्ड , इमर्जिङ प्लयेर्सले ५ हजार नगद र सिल्ड एस्तै प्रत्येक खेलको मुल्यवान खेलाडीले नगद १ हजार , प्रत्येक खेलमा हाल्फ सेन्चुरी हान्ने खेलाडीले नगद १ हजार , टिम फेयर प्ले अवार्ड ४० हजार तथा हरेक खेलको म्यान अफ दि म्याचले १५ सय प्राप्त गर्नेछन । प्रतियोगिता कुल अनुमानित खर्च २५ लाख हुने आयोजक ले जनाएको छ । तिलोत्तमा प्रिमियर लिगका सबै खेलहरु तिलोत्तमा -६ स्थित नवजीवन खेल मैदान १० नम्बरमा भैरहेको छ ।

पहिलो सिजनको तिलोत्तमा प्रिमियर लिगको बिजेताले २ लाख र उपबिजेताले १ लाख तथा दोस्रो सिजनको बिजेताले ३ लाख र उपबिजेताले १.५ लाख नगद प्राप्त गरेका थिए ।पहिलो सिजनको उपाधी SR NSCA टाइगर्सले तथा दोस्रो सिजनको उपाधी लुम्बिनी कसाई ग्लाडिएटर्सले जितेको थियो ।