Cricket Himalaya
Cricket News From Top of The World

तिलोत्तमा प्रीमिएर लिग : मणिग्राम किङद्वारा एक्सपर्ट रोयल शंकरनगर लाई १३७ रनको बिजय लक्ष्य प्रस्तुत

क्रीकेट हिमालय , रुपन्देही ,असोज २७

तिलोत्तमा क्रीकेट बिकास समितीको आयोजनामा रुपन्देहीमा जारी तिलोत्तमा प्रीमिएर लिगका तेस्रो दिनका दोस्रो खेलमा टस जिति पहिला ब्याटिङ गरेको मणिग्राम किङले रोयल शंकरनगर लाई १३७ रनको बिजय लक्ष्य प्रस्तुत गरेको छ।मणिग्राम किङ्स को लागि कृष्ण भुसालले २९ , मनोज सुनारले 23 , कृष्ण कार्किले १४ ,दुर्गेश गुप्ताले १७ , तुलाराम थापाले १५ तथा अमर सिङ राउटेलाले १० रनको योगदान दिए

एक्सपर्ट रोयल शंकरनगर को तर्फबाट दुर्गेश्व कुर्मिले ३ , जम्बो मगर र सन्दिप सुनार ले २/२ तथा सौरभ खनाल र रमेश कुर्मिले १/१ विकेट लिए

प्रतियोगिताको पुरस्कार राशी तर्फ बिजेताले ४ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र , उपबिजेताले २ लाख नगद ट्रफी मेडल र अप्रमाणपत्र प्राप्त गर्नेछन ,साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्लयेर्स अफ दि सिरिजले २० नगद र सिल्ड , बेस्ट ब्यास्ट्म्यान र बलर समान १० हजार नगद र सिल्ड , इमर्जिङ प्लयेर्सले ५ हजार नगद र सिल्ड एस्तै प्रत्येक खेलको मुल्यवान खेलाडीले नगद १ हजार , प्रत्येक खेलमा हाल्फ सेन्चुरी हान्ने खेलाडीले नगद १ हजार , टिम फेयर प्ले अवार्ड ४० हजार तथा हरेक खेलको म्यान अफ दि म्याचले १५ सय प्राप्त गर्नेछन । प्रतियोगिता कुल अनुमानित खर्च २५ लाख हुने आयोजक ले जनाएको छ । तिलोत्तमा प्रिमियर लिगका सबै खेलहरु तिलोत्तमा -६ स्थित नवजीवन खेल मैदान १० नम्बरमा भैरहेको छ ।

पहिलो सिजनको तिलोत्तमा प्रिमियर लिगको बिजेताले २ लाख र उपबिजेताले १ लाख तथा दोस्रो सिजनको बिजेताले ३ लाख र उपबिजेताले १.५ लाख नगद प्राप्त गरेका थिए ।पहिलो सिजनको उपाधी SR NSCA टाइगर्सले तथा दोस्रो सिजनको उपाधी लुम्बिनी कसाई ग्लाडिएटर्सले जितेको थियो ।