Cricket Himalaya
Cricket News From Top of The World

‘दमक यु१६ क्रिकेट लिग’ : पहिलो खेलमा मिलन एकेडमी र आदर्श क्लब भिड्दै

असोज २६, क्रिकेट हिमालय

प्याट्रीयोटिक क्रिकेट ट्रेनिङ्ग सेन्टर, झापाको आयोजनामा असोज २९ – कार्तिक २ सम्म आदिबासी रङ्गसाला, झापामा सन्चालन हुने ‘दमक यु१६ क्रिकेट लिग’ को पहिलो खेलमा मिलन क्रिकेट एकेडमी र आदर्श क्रिकेट क्लब भिडने भएका छन |

प्रतियोगितामा वेस्टर्न क्रिकेट एकेडमी बुटवल, मिलन क्रिकेट एकेडमी झापा, युनाइटेड क्रिकेट एकेडमी बिर्तामोड, बोस्टन क्रिकेट एकेडमी बिर्तामोड, आदर्श क्रिकेट क्लब भद्रपुर र आयोजक प्याट्रीयोटिक क्रिकेट ट्रेनिङ्ग सेन्टर झापा गरि कुल ६ टिमहरुको सहभागिता रहनेछ |

प्रतियोगिता बिजेता, उपबिजेता सहित बेस्ट ब्याट्सम्यान, बलरले आकर्षक पुरस्कार प्राप्त गर्नेछन भने प्रतियोगिताभर छक्का प्रहार गरिएको बल क्याच गर्ने दर्शकले नगद रु ५०० प्राप्त गर्ने आयोजकले जनाएको छ |

टाइसिट