Cricket Himalaya
Cricket News From Top of The World

कचनकवल प्रीमियर लिग (KPL) : दोश्रो दिन आदर्श र बोस्टन बिजयी

असोज २६, क्रिकेट हिमालय

झापाको कचनकवल गाउँपालीकामा जारी दोस्रो ‘कचनकवल प्रिमियर लिग (KPL)’ क्रिकेट प्रतियोगिताको अन्तर्गत हिजो सम्पन्न खेलहरुमा आदर्श क्रिकेट क्लब र बोस्टन क्रिकेट एकेडेमी झापा बिजयी भएका छन |

प्रतियोगिता अन्तर्गतको पाचौ खेलमा आदर्श क्रिकेट क्लबले चमरभित्ता क्रिकेट टिमलाइ २९ रनले पराजित गरेको छ |

टस हारेर सुरुमा ब्याटिङ गरेको आदर्शले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो | लक्ष पछ्याएको चमरभित्ता २० ओभरमा ८ विकेट गुमाउदै ९३ रनमा सिमित भएपछी २९ रनले पराजित रह्यो |

नवराज पाठक प्लेयर अफ द म्याच घोसित भएका थिए |

प्रतियोगिताको छैठौ खेलमा बोस्टन क्रिकेट एकेडमिले द सुभारम्भ फाउन्डेसनलाई २९ रनले नै पराजित गर्यो |

टस हार्दै सुरुमा ब्याटिङ गर्न उत्रीएको बोस्टनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो | जवाफी ब्याटिङको लागि आएको सुभारम्भले १७.४ ओभरमा अल आउट हुँदै १२६ रनमा समेटिएपछी २९ रनको हार बेहर्यो |

बोस्टनका बिनित बास्तोला ४२ बलमा ५१ रन बनाउदै प्लेयर अफ द म्याच घोसित भएका थिए |

आदर्श क्रिकेट क्लब कचनकवल २ को आयोजनामा गत बर्ष बाट सुरु भएको झापाको दक्षिणी क्षेत्रको सर्बाधिक पुरस्कार राशीको प्रयोगिताको यो संस्करणमा ८ वटा टिम सहभागी छन् ।

प्रतियोगिताको उपाधी बिजेताले नगद ६० हजार रुपैयाँ, उप विजेताले ३५ हजार रुपैयाँ र मेडल र ट्रफि पाउने छन् ।

टाइसिट