Cricket Himalaya
Cricket News From Top of The World

भिक्टोरिया, मेलबर्नमा ‘रिचा मेमोरियल क्रिकेट प्रतियोगिता’ हुँदै

असोज २५, क्रिकेट हिमालय

सगरमाथा क्रिकेटको आयोजना एवम भिक्टोरिया नेप्लिज क्रिकेट एसोसियसनको सहकार्यमा भिक्टोरिया, मेलबर्नमा असोज २६ (अक्टोबर १३) देखि ‘रिचा मेमोरियल क्रिकेट प्रतियोगिता’ हुने भएको छ |

प्रतियोगितामा ८ वटा टिमहरु सम्मिलित रहेका छन |

प्रतियोगिता नेपाल क्रिकेट संघ (CAN) को पुर्ब उपाध्यक्ष नरेश श्रेष्ठको छोरी तथा पुर्ब राष्ट्रिय क्रीकेट खेलाडीद्वया मन्जित श्रेष्ठ र युनिल श्रेष्ठको बहिनि रिचा श्रेष्ठको स्मृतिमा हुन लागेको हो |

रिचा श्रेष्ठको श्रीमान सगरमाथा क्रीकेट क्लब मेलबर्नको पुर्ब अध्यक्ष तथा भिक्टोरियन नेप्लिज क्रिकेट एसोसिएसनका अध्यक्ष बिबेक श्रेष्ठको पहलमा प्रतियोगिता हुन लागेको जनाइएको छ |

प्रतियोगिता अन्तर्गतका खेलहरु हरेक आइतबार हफ्तामा एक दिन मात्रै हुने छ |