Cricket Himalaya
Cricket News From Top of The World

तिलोत्तमा प्रीमिएर लिगको उद्घाटन खेलमा पाल्पाली लिजेन्ड बिजयी

क्रीकेट हिमालय रुपन्देही ,असोज २५

तिलोत्तमा क्रीकेट बिकास समितिको आयोजना आजबाट सुरु भएको तेस्रो सिजनको सर्वोत्तम सिमेन्ट तिलोत्तमा प्रीमिएर लिग (TPL-3)को पहिलो खेलमा सुपर ११ भैरहवा बिरुद्द पाल्पालि लिजेन्ड ४ विकेटले बिजयी भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको सुपर ११ भैरहवाले २० ओभरमा ९विकेट गुमाउदै १३६ रनमा समेटिएको थियो । भैरहवा को लागि सुसान्त सिङ थापाले ४९ बलमा ६ चौका र ३ छक्काको मद्दतले ५७ रनको उत्कृष्ट पारीको योगदान दिए,महेश रानाले १८ तथा विशाल बिक्रम केसि ले ११ रनको पारी खेले । पाल्पालि लिजेन्डको लागि बिजय चौधरी ३ , सुरेश गोदारले २ तथा बिक्रम सोब र गोबिन्द कार्किले समान १/१ विकेट लिए ।
१३७ रनको बिजय लक्ष्य पछ्याउँदै ब्याटिङ सुरु गरेको लिजेन्डले ६ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । पाल्पालि लिजेन्डको लागि बिक्रम सोबले अबिजित ४८ ,सुबेन्दु पान्डेले ३२ तथा तुल बहादुर थापाले २१ रनको योगदान दिए।
सुपर ११ भैरहवाको लागि तिलक राज भन्डारी ले ३ , साहब आलम २ तथा भिमले समान १ विकेट लिए । पहिलो खेलको उत्कृष्ट बिधातर्फ म्यान अफ दि म्याच बिक्रम सोब ,उत्कृष्ट अर्धसतक तर्फ सुसान्त सिङ थापा साथै मुल्यवान खेलाडीको रुपमा सुबेन्दु पान्डे घोषित भए ।
भोलि दोस्रो दिनको पहिलो खेल रेन्बो ज्ञानोदय गोल्ड्स र तिनाउ टाइटन्स र दोस्रो खेल सियारी राइनोज र पाल्पाली लिजेन्ड बिच हुनेछ

प्रतियोगिताको पुरस्कार राशी तर्फ बिजेताले ४ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र , उपबिजेताले २ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ,साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्लयेर्स अफ दि सिरिजले २० नगद र सिल्ड , बेस्ट ब्यास्ट्म्यान र बलर समान १० हजार नगद र सिल्ड , इमर्जिङ प्लयेर्सले ५ हजार नगद र सिल्ड एस्तै प्रत्येक खेलको मुल्यवान खेलाडीले नगद १ हजार , प्रत्येक खेलमा हाल्फ सेन्चुरी हान्ने खेलाडीले नगद १ हजार , टिम फेयर प्ले अवार्ड ४० हजार तथा हरेक खेलको म्यान अफ दि म्याचले १५ सय प्राप्त गर्नेछन । प्रतियोगिता कुल अनुमानित खर्च २५ लाख हुने आयोजक ले जनाएको छ । तिलोत्तमा प्रिमियर लिगका सबै खेलहरु तिलोत्तमा -६ स्थित नवजीवन खेल मैदान १० नम्बरमा भैरहेको छ ।

पहिलो सिजनको तिलोत्तमा प्रिमियर लिगको बिजेताले २ लाख र उपबिजेताले १ लाख तथा दोस्रो सिजनको बिजेताले ३ लाख र उपबिजेताले १.५ लाख नगद प्राप्त गरेका थिए ।पहिलो सिजनको उपाधी SR NSCA टाइगर्सले तथा दोस्रो सिजनको उपाधी लुम्बिनी कसाई ग्लाडिएटर्सले जितेको थियो ।