Cricket Himalaya
Cricket News From Top of The World

विशाल आचार्य उत्कृष्ट, कचनकवल प्रीमियर लिगमा बोस्टन एकेडमी बिजयी

असोज २५, क्रिकेट हिमालय

झापाको कचनकवल गाउँपालीकामा जारी दोस्रो ‘कचनकवल प्रिमियर लिग (KPL)’ क्रिकेट प्रतियोगिताको अन्तर्गत हिजो सम्पन्न खेलमा बोस्टन क्रिकेट एकेडेमी झापा बिजयी बनेको छ ।

नेपाली क्रिकेट सपोर्टर सोसाईटी (NCSS) झापालाई १०५ रनले पराजित गर्दै बोष्टन बिजयी भएको थियो |

एनसिएसएसले टस जितेर बोष्टनलाई ब्याटिङको निम्तो दिएको थियो । २० ओभरमा ५ विकेटको क्षतिमा बोष्टनले १८४ रन बनायो भने जवाफि ब्याटिङमा उत्रिएको त्रिकेट सोसाईटी १७.४ ओभरमा मात्र ७९ रन बनाएर अल आउट भयो ।

बलिङ र ब्याटिङ दुवैमा चम्किएका बोष्टनका खेलाडी विषाल आचार्य म्यान अफ द म्याच घोषित भएका थिए |

आचार्य एक्लैले क्रिकेट सोसाईटीको ५ विकेट लिनु भयो भने ब्याटिङमा ८८ रन जोडेका थिए |

आगामी ३० गते समापन हुने प्रतियोगितामा आज दुई खेल रहेका छन |

पहिलो खेल आयोजक आदर्श क्रिकेट क्लब र चम्मरभिट्टा क्रिकेट क्लब झापा विच हुनेछ भने दोस्रो खेल बोष्टन क्रिकेट एकाडेमी र सुभारम्भ क्रिकेट फाउण्डेसन क्रिकेट टिम विच हुने छ ।

आदर्श क्रिकेट क्लब कचनकवल २ को आयोजनामा गत बर्ष बाट सुरु भएको झापाको दक्षिणी क्षेत्रको सर्बाधिक पुरस्कार राशीको प्रयोगिताको यो संस्करणमा ८ वटा टिम सहभागी छन् ।

प्रतियोगिताको उपाधी बिजेताले नगद ६० हजार रुपैयाँ, उप विजेताले ३५ हजार रुपैयाँ र मेडल र ट्रफि पाउने छन् ।