Cricket Himalaya
Cricket News From Top of The World

वोमेन च्याम्पियन्स लिग (WCL) को तयारी तिब्र रुपमा हुँदै

असोज २५, क्रिकेट हिमालय

क्विन्स इभेन्ट प्राली द्वारा टियु क्रिकेट मैदानमा असोज २९-कार्तिक ७ सम्म आयोजना हुने महिला फ्रेन्चाइज्ड क्रिकेट लिग ‘वोमेन्स क्रिकेट लिग (WCL)’ को तयारिले तिब्रता लिएको आयोजकले जनाएको छ |

प्रतियोगितामा ५ फ्रेन्चाइज्ड टिमहरु पोखरा पल्टन, चितवन राइनोज, क्याट क्विन्स, काठमाडौ, ललितपुर फाल्कन्स, बिराटनगर टाइटान्सको सहभागिता रहनेछ |

सीता रानामगर, करुणा बर्मा, रुबिना छेत्री, नेरि थापा, सरिता मगर गरि हरेक टिममा मार्की प्लेयर्सहरु रहेका छन |

प्रतियोगिताको प्रत्यक्ष प्रसारण एपिवान टेलिभिजन मार्फत हुनेछ |

प्रतियोगिताको पहिलो खेलमा क्याट क्विन्स काठमाडौ र चितवन राइनोज भिडनेछन |

प्रतियोगिता खेल्न आवेदन दिएका खेलाडीहरूलाई नेपालमा सम्बन्धित टोलीहरूले ड्राफ्ट विधि मार्फत पहिलो पटक छनोट गरिएको थियो |

१. पोखरा पल्टन/सीता रानामगर

डाइमन्ड (रु ७५ हजार) : कविता कुवर, बिन्दु रावल

रुबिज (रु ५० हजार) : अन्जली चन्द, अनुराधा चौधरी

सफायर (रु २५ हजार) : रुबि पोद्दार, रेवती धामी, मन्जु कुमारि बोगटी, राजमती ऎरि, सरस्वती घर्तिमगर, नबिना खडका, निसा भट

२. चितवन राइनोज/इन्दु बर्मा

डाइमन्ड (रु ७५ हजार) : काजल श्रेष्ठ, रितु कनौजिया,

रुबिज (रु ५० हजार) : रेखा रावल, सन्तोशी चौधरी, प्रतीक्षा बस्याल

सफायर (रु २५ हजार) : सुमन खतिवडा, सरस्वती पुन, अस्मिता खरेल, प्यारी चौधरी, कन्चन श्रेष्ठ, सन्जु लामा, साबित्रा जिसि

३. क्याट क्विन्स, काठमाडौ /रुबिना छेत्री

डाइमन्ड (रु ७५ हजार) : अप्सरी बेगम, रोमा थापा

रुबिज (रु ५० हजार) : रश्मि शर्मा चौलागाईं, सङ्गिता राई, सरस्वती चौधरी, ममता थापा

सफायर (रु २५ हजार) : सुमन बिस्ट, नितु भन्डारी, इश्वरि बिस्ट, लक्ष्मी साउद, मनिसा राना

४. ललितपुर फाल्कन्स/नेरि थापा

डाइमन्ड (रु ७५ हजार) : ममता चौधरी, करुणा भन्डारी

रुबिज (रु ५० हजार) : सरिता दस्वा मगर, रोसनी बोहरा

सफायर (रु २५ हजार) : कविता जोशी, क्रीती सेन, सिमा थापा, गिता गोसाइ, सान्ती कुमारी चौधरी, सम्झना खडका, अनिसा केसि

५. बिराटनगर टाइटान्स/सरिता मगर

डाइमन्ड (रु ७५ हजार) : सोनु खडका, आरती बिडारी

रुबिज (रु ५० हजार) : ज्योती पान्डे, डलि भट्ट, लक्ष्मी चौधरी, सबनम राई,

सफायर (रु २५ हजार) : क्रीतिका मरासिनी, अश्मिना कर्माचार्य, सर्मिला रोक्कामगर, क्रीस्मा गुरुङ्ग