Cricket Himalaya
Cricket News From Top of The World

तेश्रो संस्करणको ‘तिलोत्तमा प्रीमियर लिग (TPL)’ आजबाट सुरु हुँदै

२५ असोज, क्रिकेट हिमालय

तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा रुपन्देही स्थित नवजिबन खेल मैदानमा असोज २५ देखि सुरु हुने तेश्रो सस्करणको ‘सर्बोत्तम तिलोत्तमा प्रिमियर लिग (सर्बोत्तम टिपिएल–३)’ अन्तरगत पहिलो खेल पाल्पाली लेजेन्ड्स र सुपर ११ भैरहवा बिच हुदैछ |

प्रदेश ५ का सामाजिक बिकास मन्त्रि सुदर्शन बरालले यही अशोज २५ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश स्तरको सबैभन्दा ठुलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाउने छन ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ । त्यसैगरि प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद २० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट वलरलाई नगद १० हजार साथै इमर्जिङ प्लेयरलाई नगद ५ हजार प्रदान गरिने छ |

त्यस्तै प्रतियोगितामा १ टिमलाई फेयर प्ले अवार्ड अन्तर्गत नगद ४० हजार साथै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद १ हजार ५ सयले पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ |

रुपन्देहीको लुम्बिनि टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ । दर्शकहरुको सहजताका लागि यसपाली प्याराफिट निर्माण गरिएको छ । प्रचारप्रसारका लागि तिलोत्तमा नगरपालिकाका आकासेपुल र अन्य बिभिन्न स्थानहरुमा स्वागत ब्यानर र होडिङबोर्डहरु राखिएका छन ।