Cricket Himalaya
Cricket News From Top of The World

नेपाल बिरुद्ध आयरल्यान्ड बिजयी

असोज २२, क्रिकेट हिमाल

ओमानको आयोजनामा हुँदै गरेको ‘५ देशिय क्रिकेट सिरिज’ अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा टेस्ट रास्ट्र आयरल्यान्ड बिरुद्ध १३ रनले पराजित भएको छ |

टस जितेर सुरुमा ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको छ | पाउल स्ट्रलिङ्गले ४७ बलमा ५९, ए बलबिर्निएले २८ बलमा ३८ रन बनाएका थिए |

नेपालका लागि ललित राजबन्शी १, सन्दिप लामिछाने २, करण केसि १, अबिनास बोहराले २ विकेट लिएका थिए |

लक्ष पछ्याएको नेपालले १९.५ ओभरमा १० विकेट गुमाउँदै १३२ रन बनाएको थियो | नेपालका लागि पारस खडका १४ बलमा २५, इसान पान्डे ३० बलमा २२, दिपेन्द्र सिंह ऎरि २० बलमा १९ रन, आरिफ सेख २६ बलमा २६ रन बनाएका थिए | त्यसैगरी बिनोद भन्डारी १ रनमा रन आउट, सोमपाल कामी ६ बलमा ७ रन, सन्दिप जोरा २ रन बनाउदै आउट भएका थिए | करण केसिले ९ बलमा १६ रन बनाएका थिए |

आयरल्यान्डका लागि एम अदैर ३, जि डिलाने २ विकेट, जि डकरेलले ३ विकेट लिएका थिए |

आफ्नो पहिलो खेलमा नेपालले हङ्गकङ्ग बिरुद्ध ४ विकेटको जित निकालेको थियो भने नेदरल्यान्ड बिरुद्धको दोश्रो खेलमा समेत ४ विकेट कै जित निकालेको थियो |

टि२० बिश्वकप छनोटकै तयारी स्वरुप ओमानको आयोजनामा असोज १८-२३ सम्म आयोजक ओमान, नेपाल, हङ्गकङ्ग, नेदरल्यान्ड र आयरल्यान्ड सम्मीलित ५ देशिय क्रिकेट सिरिज हुदैछ |

नेपालले प्रतियोगिताको अन्तिम खेल ओमान बिरुद्ध खेल्नेछ |

टिम नेपाल

१. पारस खड्का (कप्तान) २. दिपेन्द्र एरि (उपकप्तान) ३. सोमपाल कामि ४. करन केसी ५. बिनोद भण्डारी ६. ललित राजबंशी ७. पवन सर्राफ ८. सन्दिप जोरा ९. सन्दिप लामिछाने १०. अविनाश बोहरा ११. कुशल मल्ल १२. रोहित पौडेल १३. आरिफ शेख १४. सुशन भारि १५. इशान पाण्डे