Cricket Himalaya
Cricket News From Top of The World

ओमान ५ देशिय सिरिज : नेपालको तेश्रो प्रतिद्वन्द्वी आयरल्यान्ड

असोज २१, क्रिकेट हिमाल

ओमानको आयोजनामा हुँदै गरेको ‘५ देशिय क्रिकेट सिरिज’ अन्तर्गत नेपालले आफ्नो तेश्रो खेल आज बिहान ११.१५ बजे टेस्ट रास्ट्र आयरल्यान्ड बिरुद्ध खेल्दैछ |

अन्कतालिकामा दोश्रो स्थानमा रहेको नेपालले उपाधी जित्ने अभियान कायम राख्न आयरल्यान्ड बिरुद्ध पनि जित निकाल्नपर्नेछ |

आफ्नो पहिलो खेलमा नेपालले हङ्गकङ्ग बिरुद्ध ४ विकेटको जित निकालेको थियो भने नेदरल्यान्ड बिरुद्धको दोश्रो खेलमा समेत ४ विकेट कै जित निकालेको थियो |

अन्कतालिका

टि२० बिश्वकप छनोटकै तयारी स्वरुप ओमानको आयोजनामा असोज १८-२३ सम्म आयोजक ओमान, नेपाल, हङ्गकङ्ग, नेदरल्यान्ड र आयरल्यान्ड सम्मीलित ५ देशिय क्रिकेट सिरिज हुदैछ |

ओमानले प्रतियोगितामा डिसिजन रिभ्यु सिस्टम (DRS) लागू र ओमान क्रिकेटको वेबसाइट र युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण भैरहेको छ|

टाइसिट

टिम नेपाल

१. पारस खड्का (कप्तान) २. दिपेन्द्र एरि (उपकप्तान) ३. सोमपाल कामि ४. करन केसी ५. बिनोद भण्डारी ६. ललित राजबंशी ७. पवन सर्राफ ८. सन्दिप जोरा ९. सन्दिप लामिछाने १०. अविनाश बोहरा ११. कुशल मल्ल १२. रोहित पौडेल १३. आरिफ शेख १४. सुशन भारि १५. इशान पाण्डे