Cricket Himalaya
Cricket News From Top of The World

सुनसरिमा सम्पन्न ‘दोश्रो रात्रिकालिन क्रिकेट’ को उपाधी बिजेता एपिएफ

असोज १९, क्रिकेट हिमालय

सुनसरिको इनरुवामा सम्पन्न ‘दोश्रो रात्रीकालिन क्रिकेट प्रतियोगिता’ को उपाधी फाइनल खेलमा धनगढी क्रिकेट एकेडमि (DCA) लाई १५० रनले पराजित गर्दै एपिएफले जितेको छ |

सुरुमा ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १८७ रन बनाएको थियो | सरद भेषावकरले २७ बलमा २५, प्रदिप ऎरि १५ बलमा २०, शन्कर रानाले ३० बलमा ४६, कृश्न कार्की २२ बलमा ४०* रन बनाएका थिए |

डिसिएका लागि बिनोद लामाले ३, बिक्रम ठगुन्नाले २, महेस अधिकारी र अमन पन्थिले समान १/१ विकेट लिएका थिए |

विशाल लक्ष पछ्याएको डिसिए १०.५ ओभरमा मात्र ३७ रनमा समेटिएपछी १५० रनको ठूलो हार बेहर्यो | लोकेस बमले १४ रन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अन्कमा रन बनाउन सकेनन |

एपिएफका लागि सरद भेषावकरले ४, इर्साद अहमदले ३ र कृश्न कार्किले २ विकेट लिएका थिए |

फाइनल खेलको प्लेयर अफ द म्याच एपिएफका कृश्न कार्की घोसित भएका थिए |

प्रतियोगितामा फुलबारी क्रिकेट क्लवका सरोज बस्नेत बेस्ट बलर, सोहि क्लबकै राकेस सोनि इमर्जिङ्ग प्लेयर, बेस्ट ब्याट्सम्यान एपिएफका आसिफ सेख, प्लेयर अफ द सिरिज डिसिएका बिनोद लामा घोसित भएका थिए |