Cricket Himalaya
Cricket News From Top of The World

सप्तरीमा मिथिला कप टि२० क्रिकेट हुँदै, बिजेताले रु ५१ हजार प्राप्त गर्ने

असोज १७, क्रिकेट हिमालय

रन्जितपुर राइडर्सको आयोजनामा सप्तरी स्थित टियु क्याम्पस ग्राउन्डमा असोज २७ देखि ‘मिथिला कप टि२० क्रिकेट’ प्रतियोगिता आयोजनहुने भएको छ |

असोज २७ गतेबाट संचालन हुने प्रतियोगिता अन्तर्गत कुल १६ टिमहरुको सहभागीता रहेको आयोजकले जनाएको छ |

प्रतियोगिताको बिजेताले नगद रु ५१ हजार र उपबिजेताले नगद रु ३१ हजार सहित ट्रफी प्राप्त गर्नेछन |