Cricket Himalaya
Cricket News From Top of The World

ओमान ‘५ देशिय क्रिकेट सिरिज’ : नेपालको पहिलो प्रतिद्वन्द्वी हङ्गकङ्ग

असोज १७, क्रिकेट हिमाल

ओमानको आयोजनामा हुँदै गरेको ‘५ देशिय क्रिकेट सिरिज’ अन्तर्गत नेपालले पहिलो खेल असोज १९ गते हङ्गकङ्ग बिरुद्ध खेल्दैछ |

टि२० बिश्वकप छनोटकै तयारी स्वरुप ओमानको आयोजनामा असोज १८-२३ सम्म आयोजक ओमान, नेपाल, हङ्गकङ्ग, नेदरल्यान्ड र आयरल्यान्ड सम्मीलित ५ देशिय क्रिकेट सिरिज हुदैछ |

ओमानले प्रतियोगितामा डिसिजन रिभ्यु सिस्टम (DRS) लागू हुने जनाएको छ | ओमान क्रिकेटको वेबसाइट र युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण हुनेछ |

टाइसिट

टिम नेपाल

१. पारस खड्का (कप्तान) २. दिपेन्द्र एरि (उपकप्तान) ३. सोमपाल कामि ४. करन केसी ५. बिनोद भण्डारी ६. ललित राजबंशी ७. पवन सर्राफ ८. सन्दिप जोरा ९. सन्दिप लामिछाने १०. अविनाश बोहरा ११. कुशल मल्ल १२. रोहित पौडेल १३. आरिफ शेख १४. सुशन भारि १५. इशान पाण्डे