Cricket Himalaya
Cricket News From Top of The World

नेक्ससको ACL को फाइनलमा पोखरा र ओएसिस एकेडमी भिडने

असोज १६, क्रिकेट हिमालय

संबिधान दिबसको अबसरमा राष्ट्रिय खेलकुद परिषदको प्रर्वधन एबं नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा मिति २०७५ साल असोज २ गते देखि काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा सन्चालित ‘एकेडेमी क्रिकेट लिग (एसिएल) यु१९ टि२० क्रिकेट प्रतियोगिता’ को फाइनलमा ओएसिस क्रिकेट एकेडमी, काठमाडौ र पोखरा क्रिकेट एकेडमी फाइनलमा प्रबेस गरेका छन |

सेमिफाइनल खेल

देशभरका क्रिकेट एकेडेमी मध्ये १६ वटा टिम सहभागी गराइ एक राष्ट्रिय उत्सवका रुपमा प्रतियोगितालाई स्थापित गराउने उद्वेश्यका साथ अभियानको शुभारम्भ गरिएको थियो |

एजुकेशन टेलिभिजनले प्रतियोगिताको सम्र्पुण खेल प्रत्येक्ष प्रशारण गर्दैछ भने नेक्सस क्रिकेट एकेडेमीको फेसबुक एबं युटुब च्यानल एनसिए नेपालबाट पनि प्रत्येक्ष प्रशारण भै रहेको छ |

प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडी तथा अफिसियल हरुको रु ५,००,००० को दुर्घटना बिमा गरिएको छ |

उक्त प्रतियोगितामा ओसिस क्रिकेट एकेडेमी काठमाण्डौ, बिराटनगर क्रिकेट एकेडेमी मोरङ, स्वतन्त्र युवा क्रिकेट एकेडेमी बिरगंज पर्सा, जय क्रिकेट एकेडेमी महेन्द्रनगर कन्चनपुर, ग्रटर हिमालय क्रिकेट एकेडेमी काठमाण्डौ,नेक्सस क्रिकेट एकेडेमी ए र बी काठमाण्डौ, वेष्टर्न क्रिकेट एकेडेमी बुटवल, ज्ञनज्योती क्रिकेट एकेडेमी दाङ, पोखरा क्रिकेट एकेडेमी पोखरा, राईजिङ पोखरा क्रिकेट एकेडेमी कास्की, हिमालय क्रिकेट एकेडेमी काठमाण्डौ, रामारोशन क्रिकेट एकेडेमी काठमाण्डौ, नेपाल स्पोर्टस म्यानेजमेन्ट काठमाण्डौ, एन्जल स्पोर्टस एकेडेमी काठमाण्डौ, र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर सहभागी हुने छन ।

प्रतियोगितामा बिजेतालाई १,५०,००० र उपबिजेतालाई १,००,००० नगद तथा ट्रफी,मेडल र प्रमाणपत्र उपलब्ध गराइने छ ।

प्रतियोगितामा हरेक खेलमा म्यान अफ दि म्याच लाई रु १,००० नगद एबं ट्रफी, बेष्ट बलर, बेष्ट ब्याटम्यान, म्यान अफ दि सिरीज र ईमर्जीङ ल्पेयरको अवाड समेत प्रदान गरिनेछ ।

प्रथम पुरुष्कार राशी अजोड ईन्सुरेनस लिमिटेडले प्रयोजन गरेको छ भने म्यान अफ द म्याचको लागि नगद फाउन्डेशन अफ डेभलपमेन्ट म्यानेजमेन्टले प्रदान गरेको छ ।

म्यान अफ द सिरिज, बेष्ट बलर, बेष्ट ब्याटम्यान गरि प्रतियोगिताका उत्कृष्ट ३ खेलाडीले ई पी एल टिम काठमाण्डौ किङस ११ को ट्यालेन्ट हन्टमा डाइरेक्ट अन्तिम छनौट चरणमा प्रबेश पाउने छन ।

४ उत्कृट खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमीले दिल्लीमा ६ महिना निशुल्क प्रशिक्षणको ब्यबस्था मिलाएकोछ भने अन्य ५ खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमी काठमाण्डौमा १ बर्षको निशुल्क प्रशिक्षणको ब्यबस्था गरिएकोछ ।

प्रतियोगितामा एभरेष्ट हस्पीटल मेडिकल पाटनरका रुपमा सहभागि भएको छ । खेल अबधिभर फिजियो सहितका स्वास्थ्यकर्मीहरुको एक टोली खेलमैदानमा रहने समेत आयोजकले जनाएको छ |