Cricket Himalaya
Cricket News From Top of The World

रास्ट्रीय महिला क्रिकेट खेलाडीलाइ ‘साहस स्पोर्ट्स’ को जर्सी प्रायोजन

असोज १६, क्रिकेट हिमालय

सागको तयारी क्याम्पमा रहेका रास्ट्रीय महिला क्रिकेट खेलाडिहरुलाइ ‘साहस स्पोर्ट्स’ ले जर्सी प्रायोजन गरेको छ |

आज एक कार्यक्रम बिच साहस स्पोर्ट्सका प्रबन्ध निर्दसक जनक न्यौपानेले रास्ट्रीय महिला क्रिकेट टिमका कप्तान र उपकप्तानलाई जर्सी हस्तान्तरण गरेका थिए |

आगामी मंसिर १५-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी क्याम्पमा २५ खेलाडी रहेका छन |

नेपालले सागका लागि गत भदौ २ गतेबाट प्रशिक्षण थालेको थियो ।

प्रारम्भिक चरणमा छनोट भएका २५ खेलाडी

रुबिना क्षेत्री, सिता राना मगर, नेरी थापा, सरिता मगर, काजल श्रेष्ठ, संगीता राई, सबनम राई, अप्सरी बेगम, कविता कुँवर, रोमा थापा, सोनु खड्का, अश्मिना कर्माचार्य, सोमु बिष्ट, शान्ति खतिवडा, ज्योति पाण्डे, करुणा भण्डारी, रश्मी शर्मा, सरस्वती चौधरी, रेवती धामी, ममता चौधरी, अन्जली चन्द, इन्दु बर्मा, डोली भट्ट, बिन्दु रावल, आरती बिडारी