Cricket Himalaya
Cricket News From Top of The World

चौथो संस्करणको धनगढी प्रीमियर लिग (DPL) फाल्गुन ३-१५ मा हुने

१६ असोज, २०७६

क्रिकेटलाई योजनाबद्ध र व्यवसायिक हिसाबले अगाडि बढाउनका लागि प्रयासरत धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघको समन्वयनमा धनगढी प्रिमियर लिगको चौथो संस्करण आगामी २०७६ साल फागुन ३ देखि फागुन १५ (फेब्रुअरी १५ देखि २७) सम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना गर्ने निर्णय गरेको छ।

६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहंदै आएको प्रतियोगिताको अघिल्लो संस्करण सिवाइसी अत्तरियाले जितेको थियो।

देशकै सर्वाधिक राशीको प्रतियोगिता समेत रहेको डीपीएलको अघिल्लो विजेता सिवाइसी अत्तरियाले ३० लाख रकम हात पारेको थियो ।

पहिलो संस्करणबाट देशमै तरंग ल्याउदै नेपाली क्रिकेटलाई नै माथिल्लो स्तरमा पुर्याउन मद्दत गरेको डीपीएललाई यसपाली अझ बृहत् र भव्य रुपमा आयोजना गर्ने जानकारी आयोजकले दिएको छ |