Cricket Himalaya
Cricket News From Top of The World

सिङ्गापुर ट्राइ सिरिज : दोश्रो राउन्डमा नेपाल र जिम्बाबे आज भिडदै

असोज १४, क्रिकेट हिमाल

सिङ्गापुर त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज साझ ५.३० बजे आफ्नो तेश्रो खेल जिम्बाबे बिरुद्ध खेल्नेछ |

सिरिजको पहिलो राउन्डमा जिम्बाबे बिरुद्ध बलियो प्रदसन गरेपनी अन्त्यमा अनुभवको कमि देखिँदा ५ विकेटले पराजित भएको थियो भने कप्तान पारस खडकाको सतकको सहयोगमा आयोजक सिङ्गापुरलाइ ९ विकेटले पराजित गरेको थियो |

नेपाललाइ पराजित गरेको जिम्बाबे अकस्मात सिङ्गापुर सङ्ग पराजित भएपछी अन्कतालिकामा नेपाल शीर्षस्थानमा रहेको छ |

सिङ्गापुर ट्राइ सिरिज

आगामी असोज १०-१६ सम्म सिङ्गापुर क्रिकेट एसोसिएसनको आयोजनामा जिम्बाबे, नेपाल र सिङ्गापुर सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज आयोजना हुदैछ | युएइमा अक्टोबरमा हुने टि२० बिश्वकप छनोटको तयारी स्वरुप सिङ्गापुरले प्रतियोगिता आयोजना गर्न लागेको हो |

ओमान ५ देशिय सिरिज

टि२० बिश्वकप छनोटकै तयारी स्वरुप ओमानको आयोजनामा आगामी असोज १८-२३ सम्म आयोजक ओमान, नेपाल, हङ्गकङ्ग, नेदरल्यान्ड र आयरल्यान्ड सम्मीलित ५ देशिय क्रिकेट सिरिज हुदैछ |

टिम नेपाल

१. पारस खड्का (कप्तान) २. दिपेन्द्र एरि (उपकप्तान) ३. सोमपाल कामि ४. करन केसी ५. बिनोद भण्डारी ६. ललित राजबंशी ७. पवन सर्राफ ८. सन्दिप जोरा ९. सन्दिप लामिछाने १०. अविनाश बोहरा ११. कुशल मल्ल १२. रोहित पौडेल १३. आरिफ शेख १४. सुशन भारि १५. इशान पाण्डे