Cricket Himalaya
Cricket News From Top of The World

एकेडमी क्रिकेट लिग (ACL) : दशौ दिन बिराटनगर र वेस्टर्न एकेडमी बिजयी

असोज १३, क्रिकेट हिमालय

मुलपानीमा संचालन भैरहेको एकेडेमी क्रिकेट लिग अन्तर्गत सोमबार सम्पन्न दसौ दिनको पहिलो खेलमा महेन्द्रनगरको जय क्रिकेट एकेडेमीलाई बिराटनगर क्रिकेट एकेडेमीले २ रनले पराजित गरेको छ भने दोश्रो खेलमा वेस्टर्न क्रिकेट एकेडेमी बुटवलले राइजिङ पोखरा क्रिकेट एकेडेमी पोखरा लाइ ७१ रनले पराजित गरेको छ ।

सोमबार सम्पन्न पहिलो खेलमा जय क्रीकेट एकेडेमीले टस जितेर फिल्डिङ रोज्दै बिराटनगरलाई ब्याटिङ को निम्तो दिएको थियो । निर्धारित २० ओभरमा बिराटनगरले १० बिकेट गुमाउदै ६१ रन मात्र बनाएको थियो । बिराटनगर क्रीकेट एकेडेमीका निशारले २० रन र हृशी महेश्वरिले १० रन बनाएका थिए ।

बलिङ तर्फ जयका गोकर्ण बोहराले ४ ओभरमा ८ रन खर्चिदै १ मेडन राख्दै ३ बिकेट लिएका थिए भने आदित्य महताले पनि ४ओभर बलिङ गर्दै १६ रन दिएर ३ बिकेट लिए भने बिपिन धामी र अनुराग सिंह ले समान १÷१ बिकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको जय क्रीकेट एकेडेमीले १६.३ ओभरमा सम्पुर्ण १० बिकेट गुमाउदै ५९ रन बनाउदा खेल २ रनले गुमाउन पुगेको थियो । जयका ब्याट्स म्यान सुदिप रोकाया ले १७ रन र आदित्य महताले १२ रन बनाएका थिए ।

बलिङ तर्फ बिराटनगरका श्रबण किस्कु ४ ओभर बलिङ गर्दै १ मेडन राखेर मात्र ५ रन दिदै ४ विकेट लिएका थिए भने प्रशान्त शाहले ४ ओभर बलिङ गर्दै १ मेडन राखेर २१ रन दिदै ४ विकेट लिएका थिए र सुयोग कार्की ले एक विकेट लिएका थिए ।

खेलमा म्यान अफ दि म्याच जय क्रीकेट एकेडेमीका श्रवण किश्कु घोषित भएका थिए । उनलाई नगद रु १ हजार तथा ट्रफी प्रदान गरिएको थियो ।

दोश्रो खेल – वेस्टर्न क्रीकेट एकेडेमी र राइजिङ पोखरा क्रीकेट एकेडेमी का बिच भएको थियो ।

सोमबारै सम्पन्न दोस्रो खेलमा टस जितेर वेस्टर्न क्रीकेट एकेडेमीले ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा ५ बिकेट गुमाएर १२७ रन बनाएको थियो ।

वेस्टर्नका ब्याट्सम्यान ३१ बलको सामना गर्दौ ३२ रन, सिमान्त शाही १८ रन र हर्जित सिंहले ३० बनाएका थिए ।

बलिङ तर्फ राइजिङ पोखराका निरन गुरुङ २ बिकेट लिए भने कृष्ण पौडेल र अमृन पौडेलले समान १-१ वीकेट लिएका थिए ।

१२८ रनको बिजयी लक्ष्यका साथ ब्याटिङमा उत्रेको राइजिङ पोखराले १६.१ ओभरमा सम्पुर्ण बिकेट गुमाउदै ५६ रन बनाउदा ७१ रनले खेल गुमाएको थियो । राइजिङका कृष्ण पौडेलले १८ बलमा २९ रन बनाएका थिए ।

बलिङ तर्फ वेस्टर्नका प्रदीप कुमारले ४ ओभरमा ११ रन दिदै ५ बिकेट लिएका थिए भने कप्तान अनिल खरेल र हर्जित सिंहले समान २-२ बिकेट लिएका थिए ।

खेलमा म्यान अफ दि म्याच वेस्टर्नका प्रदीप कुमार घोषित भएका थिए । उनलाई नगद रु १ हजार तथा ट्रफी प्रदान गरिएको थियो ।