Cricket Himalaya
Cricket News From Top of The World

NCSS का सन्स्थापक सदस्य ‘बिनोद नेपाल’ को सडक दुर्घटनामा निधन

असोज १२, क्रिकेट हिमालय

नेपाली क्रिकेट समर्थक समाज (NCSS) का सन्स्थापक सदस्य एवम सन्स्थापक उपाध्यक्ष बिनोद नेपालको अमेरिकाको लुजियाना स्टेट युनिभर्सिटीमा सडक दुर्घटनामा निधन भएको छ |

सिन्धुपाल्चोक घर भएका २६ वर्षीय विनोद नेपालको उपचारको क्रममा गत बिहीबार निधन भएको हो । सिभिल इन्जिनियरिङ पढ्दै गरेका उनलाई आफ्नो घर जाने क्रममा गत सोमबार सवारी साधनले ठक्कर दिएको थियो ।

आम समर्थकहरुको प्रतिनिधि सन्स्था नेपाली क्रिकेट समर्थक समाजमा आवद्ध भै समग्र नेपाली क्रिकेटलाई महत्वपूर्ण योगदान दिदै आएका बिनोदको निधनले नेपाली क्रिकेटले अपुर्णनिय क्षति बेहोरेको छ |