Cricket Himalaya
Cricket News From Top of The World

नेपाल द्वारा जिम्बाबेलाइ १३३ रनको लक्ष प्रस्तुत

असोज १०, क्रिकेट हिमाल

सिङ्गापुर त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज पहिलो खेल जिम्बाबे बिरुद्ध खेल्दैछ |

सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको छ |

नेपालको लागि दिपेन्द्र सिंह ऎरिले ३३ बलमा ४०, पारस खडकाले २२ बलमा १८, सन्दिप जोराले १५ बलमा १७, सोमपाल कामिले १४ बलमा २५* रन बनाएका छन |

जिम्बाबेका लागि एस सि विलियम्सले २ विकेट लिएका थिए |

सिङ्गापुर ट्राइ सिरिज

आगामी असोज १०-१६ सम्म सिङ्गापुर क्रिकेट एसोसिएसनको आयोजनामा जिम्बाबे, नेपाल र सिङ्गापुर सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज आयोजना हुदैछ | युएइमा अक्टोबरमा हुने टि२० बिश्वकप छनोटको तयारी स्वरुप सिङ्गापुरले प्रतियोगिता आयोजना गर्न लागेको हो |

ओमान ५ देशिय सिरिज

टि२० बिश्वकप छनोटकै तयारी स्वरुप ओमानको आयोजनामा आगामी असोज १८-२३ सम्म आयोजक ओमान, नेपाल, हङ्गकङ्ग, नेदरल्यान्ड र आयरल्यान्ड सम्मीलित ५ देशिय क्रिकेट सिरिज हुदैछ |

टिम नेपाल

१. पारस खड्का (कप्तान) २. दिपेन्द्र एरि (उपकप्तान) ३. सोमपाल कामि ४. करन केसी ५. बिनोद भण्डारी ६. ललित राजबंशी ७. पवन सर्राफ ८. सन्दिप जोरा ९. सन्दिप लामिछाने १०. अविनाश बोहरा ११. कुशल मल्ल १२. रोहित पौडेल १३. आरिफ शेख १४. सुशन भारि १५. इशान पाण्डे