Cricket Himalaya
Cricket News From Top of The World

नेपाल क्रिकेट संघ केन्द्रिय विशेष साधारणसभाको भब्य उद्धाटन

असोज १०, क्रिकेट हिमालय

नेपाल क्रिकेट संघ (CAN) को केन्द्रिय कार्यसमितिको असोज १० र ११ मा हुने विशेष साधारणसभा/निर्वाचन अन्तर्गत आज भब्य उद्धाटन भएको छ|

विशेष साधारणसभा नागपोखरी, काठमाडौ स्थित मेरियोट होटेलमा भएको हो | उद्धाटन समारोहमा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा, स्वतन्त्र समितिका सदस्यहरु, पुर्ब अध्यक्ष बिनय राज पान्डे, नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द लगायत विशेष साधारणसभाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो |

असोज ११ गते बन्दसत्र सहित निर्वाचन सम्पन्न गर्ने कार्यक्रम रहेको छ |

आइसिसी स्वतन्त्र कमिटिले असोज ३-४ गतेलाइ केन्द्रिय कार्यसमितिको साधारणसभा प्रस्ताव गरेको थियो, आफ्नो सहमती बिना निर्वाचन घोषणा गरिएको भन्दै राखेपले रोक्न निर्देसन दिए पश्चात उत्पन्न परिस्थितिमाथी छलफल गर्न आइसिसी प्रतिनिधी, स्वतन्त्र समिति र राखेप सम्मिलित बार्ताले नया मिति असोज १० र ११ घोषणा गरेको थियो |

क्यानको १७ सदस्यीय कार्यसमिती चयन गर्न हरेक जिल्लाका १/१ प्रतिनिधि गरि ३९ र प्रदेश मार्फत आएका केन्द्रिय प्रतिनिधि २० जना गरि कुल ५९ जना प्रतिनिधि केन्द्रिय कार्यसमितिको निर्वाचनमा सहभागी हुनेछन |

प्रदेश १ मा मिङ्माडन्डु शेर्पा, प्रदेश २ मा हरि भगत, प्रदेश ३ मा राजु बस्नेत, गण्डकी प्रदेशमा देवेन्द्र प्रजू, प्रदेस न ५ र कर्णाली प्रदेसका लागि दुर्गा बहादुर थापामगर, सुदूरपश्चिममा हरि रेग्मी प्रादेशीक क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन |

केन्द्रीय कार्यसमितिमा पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष १/१ जना हुनेछन भने १३ जना सदस्य हुनेछन, जसमा १ जना महिला र हरेक प्रदेसबाट १/१ जना अनिबार्य हुनेछन |

क्यानको केन्द्रीय कार्यसमितीको कार्यकाल ४ वर्षका लागि हुनेछ।

क्यानको केन्द्रीय समितिको निर्वाचनपछि आइसिसीले निलम्बन फुकुवा गर्ने विश्वास गरिएको छ।

आइसिसीको बोर्ड बैठक आगामी अक्टोबर १३ मा बस्दैछ, सो बैठकमा क्यानमाथिको निलम्बन फुकुवाको प्रस्ताव पेश हुने विश्वास गरिएको छ। निलम्बन फुकुवाको प्रस्ताव पेश गर्न क्यानको निर्वाचित केन्द्रीय समितिले आइसिसीलाई अनुरोध गर्नु पर्नेछ।

आइसिसीले २०७३ वैशाखमा सरकारी हस्तक्षेप भएको भन्दै क्यानलाई निलम्बन गरेको छ। त्यसयता नेपाली क्रिकेट अविभावकबिहीन छ।

विशेष साधारणसभाका सहभागीहरु

हेर्नुहोस कुल प्रदेसमा कति भोट र जिल्ला एवम प्रदेस प्रतिनिधि को को रहेका छन |

प्रदेश नं १ (कुल ८ भोट)

प्रदेस न १ मा इलाम, झापा, मोरंग, सुनसरी, उदयपुर गरि कुल ५ जिल्ला क्यान अन्तर्गत रहेका छन, जिल्ला र प्रदेस प्रतिनिधि गरि ८ भोट रहेको छ |

*जिल्ला प्रतिनिधि : अर्जुन पौडेल, लाक्पा लामा, रोशन कुमार बुढाथोकी, कैलाश बिस्ट, शम्भुप्रसाद शर्मा

*प्रदेश प्रतिनिधि : मिंग्मा दन्डु शेर्पा, मनोज कटुवाल, शिरिष उपाध्याय

प्रदेश नं २ (१२ भोट)

बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सर्लाही गरि कुल ८ जिल्ला क्यान अन्तर्गत रहेका छन, जिल्ला र प्रदेस प्रतिनिधि गरि १२ भोट रहेको छ |

*जिल्ला प्रतिनिधि : हिरा भगत, पवनकुमार अग्रवाल, दाउद अन्सारी, पवनकुमार गुप्ता, सुनिल कुमार महासेठ, आयुष श्रेष्ठ, माधवकुमार कर्माचार्य, रोशनकुमार सिंह

*प्रदेश प्रतिनिधि : मुर्तुजा हवारी, सुनिलकुमार साह, आकाश पान्डे, अनिलकुमार शर्मा

प्रदेश नं ३ (९ भोट)

काठमाडौ, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर र चितवन गरि कुल ६ जिल्ला क्यान अन्तर्गत रहेका छन, जिल्ला र प्रदेस प्रतिनिधि गरि ९ भोट रहेको छ |

जिल्ला प्रतिनिधि : दिपेन्द्र ढकाल, कैलाश प्रधान, नरेश राना, अमितबिर पान्डे, बिनयराज पान्डे, उपेन्द्र भट्टराई

प्रदेश प्रतिनिधि : दुर्गाराज पाठक, प्रफुल्ल बैध्य, किरण महतारा क्षेत्री

प्रदेश नं ४ (६ भोट)

कास्की, स्यांग्जा, नवलपुर, तनहुँ गरि कुल ४ जिल्ला क्यान अन्तर्गत रहेका छन, जिल्ला र प्रदेस प्रतिनिधि गरि ६ भोट रहेको छ |

*जिल्ला प्रतिनिधि : सुदिप शर्मा, सन्जयकान्त सिग्देल, राजुबाबु श्रेष्ठ, जगतबहादुर टमाटा

*प्रदेश प्रतिनिधि : रिषिराम गौतम, प्रकाश पौडेल

प्रदेश नं ५/६ (१२ भोट)

पाल्पा, सुर्खेत, रुपन्देही, नवलपरासी, बाँके, बर्दिया, दांग, कपिलबस्तु गरि कुल ८ जिल्ला क्यान अन्तर्गत रहेका छन, जिल्ला र प्रदेस प्रतिनिधि गरि १२ भोट रहेको छ |

*जिल्ला प्रतिनिधि : पदमबहादुर खड्का, बिनोदकुमार मैनाली, अशोकनाथ प्याकुरेल, राजेश श्रेष्ठ, प्रशान्तबिक्रम मल्ल, कृष्णप्रसाद श्रेष्ठ, प्रकाश गैरे, प्रदिप मजगैया

*प्रदेश प्रतिनिधि : सन्जय गुरुंग, बिनयराज भन्डारी, सन्जयराज सिंह, श्रिधर केसी

प्रदेश नं ७ (१२ भोट)

बझांग, बैतडी, डोटी, डडेलधुरा, कैलाली, कन्चनपुर, अछाम, दार्चुला गरि कुल ८ जिल्ला क्यान अन्तर्गत रहेका छन, जिल्ला र प्रदेस प्रतिनिधि गरि १२ भोट रहेको छ |

जिल्ला प्रतिनिधि : जयन्ती भट्ट, बिक्रम बिष्ट, बासुदेव जोशी, दिनेश सिंह, धिरेन्द्र साउद, चतुरबहादुर चन्द, बिरेन्द्र बहादुर चन्द, प्रबिन्द्र बहादुर धामी

प्रदेश प्रतिनिधि : हरि रेग्मी, हरिप्रसाद उप्रेती, तेजप्रकाश भट्ट, आशिषकुमार खत्री