Cricket Himalaya
Cricket News From Top of The World

बारामा सर्बाधिक राशीको ‘महागढिमाइ कप क्रिकेट’ हुँदै

असोज ९, क्रिकेट हिमालय

बारामा सर्वा्धिक पुरस्कार रासिको क्रीकेट प्रतियोगिता महागढिमाई कप महागढिमाई नगरपालिकामा हुने भएको छ |

लेट्स प्ले स्पोर्ट्स प्रालि आयोजक रहेको प्रतियोगिता यहि असोज २७ गते देखि कार्तिक ५ गते सम्म हुने आयोजकका प्रबन्धक यश मिश्रले कलैयामा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन ।

देशको प्रतिष्ठित ८ टिमको सहभागिता प्रतियोगितामा रहने जनाइएको छ |

प्रतियोगिताको बिजेताले नगद रु. २ लाख सहित अन्य पुरस्कार सामग्री त्यस्तै उप बिजेताले नगद १ लाख सहित अन्य सामग्री पुरस्कार पाउने भएका छन ।

प्रतियोगिताको कुल लागत लगभग १७ लाख ८६ हजार हुने, जसको ३० प्रतिशत महागढिमाई नगरपालिकाले र बाकी रकम विभिन्न प्रायोजकहरुबाट संकलन गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रदेश २ क्रीकेट संघका सदस्य सुभास जैस्वाल, जिनियस डान्स एकेडेमीका अन्कुश ब्याहुत, प्रताप कुमार साह, शशी दास सहित क्रीकेट प्रेमिहरुको उपस्थिति रहेको थियो ।