Cricket Himalaya
Cricket News From Top of The World

सिङ्गापुर र ओमान भ्रमणमा जाँदै गरेको रास्ट्रीय क्रिकेट टिमको बिदाइ हुँदै

असोज ८, क्रिकेट हिमाल

सिङ्गापुर त्रिकोणात्मक सिरिज र ओमान ५ देशिय सिरिजका लागि प्रस्थान गर्दै गरेको नेपाली रास्ट्रीय क्रिकेट टिमको आज एक कार्यक्रम बिच बिदाइ हुदैछ |

क्यारेबियन प्रीमियर लिग खेल्दै गरेका सन्दिप लामिछाने लिग छोडेर सिङ्गापुर आइपुग्नेछन | सिपिएलको यो सिजन उनले ६ खेलमा ८ विकेट लिएका छन भने सिङ्गापुर र ओमानको टिम नेपालको भ्रमणका कारण थप खेल खेल्ने छैनन |

सिङ्गापुर ट्राइ सिरिज

आगामी असोज १०-१६ सम्म सिङ्गापुर क्रिकेट एसोसिएसनको आयोजनामा जिम्बाबे, नेपाल र सिङ्गापुर सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज आयोजना हुदैछ | युएइमा अक्टोबरमा हुने टि२० बिश्वकप छनोटको तयारी स्वरुप सिङ्गापुरले प्रतियोगिता आयोजना गर्न लागेको हो |

ओमान ५ देशिय सिरिज

टि२० बिश्वकप छनोटकै तयारी स्वरुप ओमानको आयोजनामा आगामी असोज १८-२३ सम्म आयोजक ओमान, नेपाल, हङ्गकङ्ग, नेदरल्यान्ड र आयरल्यान्ड सम्मीलित ५ देशिय क्रिकेट सिरिज हुदैछ |

टिम नेपाल

१. पारस खड्का (कप्तान) २. दिपेन्द्र एरि (उपकप्तान) ३. सोमपाल कामि ४. करन केसी ५. बिनोद भण्डारी ६. ललित राजबंशी ७. पवन सर्राफ ८. सन्दिप जोरा ९. सन्दिप लामिछाने १०. अविनाश बोहरा ११. कुशल मल्ल १२. रोहित पौडेल १३. आरिफ शेख १४. सुशन भारि १५. इशान पाण्डे

फिचर इमेज : रमन सिवाकोटी