Cricket Himalaya
Cricket News From Top of The World

बिद्धालय स्तरीय ‘लिटल फ्लावर प्रीमियर लिग’ को प्रमुख प्रायोजक निस्ट कलेज

क्रिकेट हिमालय, असोज ८

संस्कार क्रिकेट एकेडेमीको आयोजनामा धनगढीमा सन्चालन हुने बिद्यालय स्तरीय चौथो सस्करणको ‘लिटल फ्लावर प्रीमिएर लिग क्रिकेट प्रतियोगिता’ को प्रमुख प्रायोजक काठमाडौ स्थित निस्ट कलेज रहने भएको छ |

एक कार्यक्रम बिच निस्ट कलेजका सन्स्थापक प्राचार्य डा माधब प्रसाद बराल र संस्कार क्रिकेट एकेडमिका अध्यक्ष रामचन्द्र साही बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ |

प्रतियोगिता कार्तिक १६ देखि ३० गते सम्म सन्चालन हुने भएको छ ।

लिग कम नकआउट फर्म्याटमा खेलाइने प्रतियोगिताका सबै खेल संघीय प्रहरी इकाइ खेल मैदानमा हुनेछन ।

प्रतियोगितामा कैलाली, कंचनपुर र बाके लगायत विभिन्न जिल्लाका १३ स्कुल क्रिकेट टिमहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता कक्षा १० सम्म पढने खेलाडी १० जना र र बकि खेलाडीको रुपमा नेपाली यु-१९ खेलाडीहरु समेत सहभागी हुन पाउने छन ।

प्रतियोगिताको बिजेताले नगद २ लाख र ट्रफि साथै उपबिजेताले नगद १ लाख र ट्रफी प्राप्त गर्नेछन ।

प्रतियोगिता समापन पस्चात उत्कृष्ट प्रर्दर्शन गर्ने कक्षा १० सम्मका खेलाडीहरु छनोट गरि एक दिवसीय निस्ट कलेज लिटल फ्लावर प्रिमियर लिग सञ्चालन गर्ने आयोजकले जनाएको छ |